१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

पदमार्गमा १५ करोडको प्रविधिसहितको उद्धार केन्द्र, यसले के गर्छ काम

पदमार्गमा १५ करोडको प्रविधिसहितको उद्धार केन्द्र, यसले के गर्छ काम
अ अ+ अ-

पोखरा । आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ ।

अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो मुख्य प्रवेशद्वार माछापुच्छ« आधार शिविरमा कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको यस पदयात्रा मार्गमा हुने समस्यालाई दृष्टिगत गरी उद्धार केन्द्र सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका कास्कीका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार करीब रु १५ करोड बराबरको लागतमा बनेको उद्धार केन्द्रमा अत्याधुनिक प्रविधिको ड्रोन राखिएको छ । आसपासका क्षेत्रमा पर्यटक हराउने, हिमपहिरोमा पर्ने लगायतका समस्या जानकारी हुनासाथ उक्त ड्रोनलाई उडाएर त्यसैमार्फत सूचना प्राप्त गर्न सकिने र त्यसैका आधारमा तत्काल उद्धारका लागि जनशक्ति परिचालन गर्न सकिन्छ ।

पौडेलका अनुसार उक्त ड्रोनलाई माछापुच्छ आधार शिविरदेखि अन्नपूर्ण आधार शिविर र यस आसपासका क्षेत्रमा सूचनाका लागि पठाउन सकिने र यसले एकपटकमा १० किलोग्राम बराबरको औषधिसमेत लिएर जान सक्छ ।

पदयात्रा पर्यटनका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको यस क्षेत्रमा अघिल्लो वर्ष मात्रै स्वदेशी एवं विदेशी गरी ९८ हजार पर्यटक पुगेका थिए । ती पर्यटकमध्ये १३० जना समस्यामा परेकामा सात जनाको मृत्यु भएको थियो । उद्धार केन्द्र सञ्चालनसँगै यस क्षेत्रमा आउने पर्यटकलाई थप सुरक्षाको प्रत्याभूति हुने अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो ।

पर्यटकको सुरक्षाका लागि गाउँपालिका पदयात्रा मार्गको व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । विश्व इतिहासमा नै पहिलोपटक सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोेगको अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका थिए । अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर छ ।

त्यसपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमालमा आरोहण शुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा लिइन्छ । आरोहणको जेठो हिमाल र यस क्षेत्रको पदयात्रासहितको समग्र पर्यटन प्रवद्र्धनका लागि विगत दुई वर्षयता अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गरिँदै आएइको छ ।

महोत्सव आयोजक समितिकै सक्रियतामा अन्नपूर्ण आधार शिविरमा लगभग रु १३ लाखको लागतमा मौरिस हर्जोगको शालिक स्थापना गरिसकिएको छ । हर्जोगको अर्धकदको शालिक समुद्री सतहबाट चार हजार १३० मिटर उचाइस्थित अन्नपूर्ण आधार शिविरमा राखिएको हो । लियोन फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।

पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर पुग्ने पहिलो पदयात्री भने एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्रामा जान्छन् । त्यसको लगभग १० प्रतिशत हिमाल आरोहण गर्न जाने गर्छन् । अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर आठ हजार ८४८ मिटर अग्लो सगरमाथा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम छ । तर आरोहणका दृष्टिले कठिन हिमाल भएकाले अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्याति प्राप्त गर्न नसके पनि यसले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो ।

लगभग ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा भेडी गोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा पर्यटक बस्न बाध्य हुन्थे । पछिल्लो तीन दशकयता पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ वटा होटेल सञ्चालनमा छन् । यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी प्रविधियुक्त उद्धार केन्द्र सञ्चालनमा ल्याइनुले यहाँ पर्यटकको आकर्षण अझै बढ्ने विश्वास लिएको स्थानीय पर्यटन व्यवसायीले बताए ।