६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको माइकासा इन होटलमा बुधवार भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आगलागीमा परी अन्य धेरै व्यक्ति घाइते भएका छन् । अग्नि नियन्त्रण विभागका एक अधिकारीले ३५ जनाभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका छन् ।

उद्धार गरिएका व्यक्तिहरूलाई उपचारका लागि स्थानीय तीनवटा अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरूकाअनुसार होटलको भुइँतलाबाट शुरु भएको आगो द्रुत गतिमा भवनको माथिल्लो तलासम्म फैलिएको थियो ।

उक्त होटल स्वीकृत मापदण्डविपरीत निर्माण गरिएको पाइएको छ । ६ वटा कोठाका लागि मात्र अनुमति प्राप्त सो बहुतले भवनमा नियमविपरीत २५ वटा कोठा बनाइएको स्रोतले जनाएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार होटलमा आपत्कालीन निकासको उचित व्यवस्था नभएका कारण आगलागीका बेला मानिसहरू ज्यान जोगाउन माथिल्लो तलामा भागेका थिए ।

ज्यान जोगाउने क्रममा केही व्यक्तिहरूले भवनबाट हामफालेको समेत देखिएको थियो । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल