२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सा शिक्षा आयोगको २४ औँ बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको २४ औँ बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।

बैठक प्रधानमन्त्री एवं आयोगका अध्यक्ष शाह, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षतामा भएको थियो ।

बैठकले चिकित्सा शिक्षा आयोगबाट विगतमा जारी भएका सबै निर्देशिका तथा कार्यविधिहरूलाई कानुनी प्रक्रिया पु¥याएर पुनः जारी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विधायन ऐन, २०८१ को दफा ३५ को व्यवस्थाका कारण चिकित्सा शिक्षा आयोगले विगतमा जारी गरेका सम्पूर्ण निर्देशिका तथा कार्यविधिहरू स्वतः निष्क्रिय भएका थिए ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५४ ख थप गरिएको छ । नयाँ दफाले आयोगलाई ऐनको अधीनमा रही आवश्यक निर्देशिका तथा कार्यविधि बनाउन सक्ने स्पष्ट अधिकार प्रदान गरेसँगै कार्यविधि र निर्देशिका पुनः प्रयोगका लागि निर्णय गरिएको हो ।

बैठकले चिकित्सा शिक्षाको नियमन र समन्वयलाई चुस्त बनाउन आयोगका उपाध्यक्षलाई चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद् ९काउन्सिल०हरूलाई आवश्यकताअनुसार निर्देशन दिने अधिकार प्रत्यायोजन गरेको छ ।

बैठकमा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी, सदस्यहरू प्रा डा मन्दिरा शाही, बन्दना खनाल र सहसचिव वसन्तप्रसाद कोइराला, राष्ट्रिय योजना आयोगका सदस्य शेषु ढुङ्गानालगायत सहभागी हुनुहुन्थ्यो । रासस