९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आरोप : सरकार पूर्वाग्रहको पोको, छानबिन आयोग स्वीकार्य छैन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहपूर्ण ढंगले अघि बढिरहेको आरोप लगाएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले नयाँ पार्टीका नेता तथा सुरक्षा निकायका व्यक्तिहरूको सम्पत्ति छानबिन नगरी पुराना दलका नेताहरूमाथि मात्रै लक्षित गरेर कारबाही गर्ने नीति अपनाएको दाबी गरे ।

ओलीले सम्पत्ति छानबिन आयोग गठनमार्फत राज्यले छानीछानी कारबाही गर्ने प्रयास भइरहेको भन्दै त्यस्ता आयोग स्वीकार्य नहुने बताए । उनले आफूलाई यस्ता प्रक्रियामा बयान दिनुपर्ने अवस्था आए पनि नदिने अडान व्यक्त गरे ।

“अरुले बयान दिए पनि मचाहिँ बयान दिन्नँ, सम्पत्ति विवरण पनि भरेर पठाउँदिनँ, जे गर्न सक्छ गरोस्,” ओलीले भने, “यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो।”

उनले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर संविधानअनुसार जिम्मेवार ढंगले अघि बढ्न सुझाव पनि दिएका छन् ।