३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

अध्यक्ष ओलीको सरकारलाई चेतावनी– ‘उत्ताउलिएर अघि नबढ्नु, अराजकता धेरै टिक्दैन’

अध्यक्ष ओलीको सरकारलाई चेतावनी– ‘उत्ताउलिएर अघि नबढ्नु, अराजकता धेरै टिक्दैन’
अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन्।

काठमाडौंमा सुरु भएको सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उनले अराजक शैलीमा अघि बढेको सरकार धेरै समय नटिक्ने दाबी गरे।

अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको उदाहरण दिँदै उत्ताउलोपन र अराजकता लामो समय टिक्न नसक्ने बताए। “अराजकता केही दिनको पाहुना हो, लामो समय चल्दैन,” उनले भने।

उनले भदौको विध्वंसकारी आन्दोलनपछि राजनीतिक दलका कार्यकर्ताहरू खुलेर बोल्न नसक्ने अवस्था बनेको दाबी गर्दै त्यस्तो अवस्थामा एमालेका नेता–कार्यकर्ताले अराजकताविरुद्ध आवाज उठाएको उल्लेख गरे।

“भदौ २४ पछि अराजकता र हिंसाको डरले कोही बोल्न सकेका थिएनन्, त्यतिबेला एमालेका नेता–कार्यकर्ता वडा–वडाबाट बोले,” उनले भने।

ओलीले एमालेका कार्यकर्ताले आवाज उठाएकै कारण अन्य दललाई पनि बोल्ने वातावरण बनेको दाबी गर्दै पार्टीका नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरे। साथै, उनले गत फागुनमा भएको निर्वाचनलाई पनि “तमासा मात्र” भएको टिप्पणी गरे।