९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष ले गरेका छन्।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्। उनले केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाको उद्घाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर गरेका थिए।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यशाला पार्टीको संगठनात्मक सुदृढीकरण र गतिशीलता बढाउने उद्देश्यसहित आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय प्रतिनिधिहरू सहभागी रहेका छन्।

एमालेका अनुसार कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया र संगठन सुदृढीकरणका भावी योजनाबारे छलफल तथा अभिमुखीकरण गरिनेछ।