३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी



अ+ अ-

काठमाडाैँ । सांस्कृतिक महत्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ ।

सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी)ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक पहिचानका प्रतीकात्मक सामग्री प्रस्तुत गरेको छ ।

उक्त नियोगका अनुसार बजारमा नेपालले परम्परागत कला, हस्तकला तथा विभिन्न सांस्कृतिक सामग्रीको आकर्षक प्रदर्शनीमार्फत आफ्नो सिर्जनशीलता, सीप र राष्ट्रिय पहिचान झल्काएको थियो । नेपाली स्टलमा राखिएका सामग्रीले आगन्तुकको ध्यान आकर्षित गरेको थियो । बजारमा विश्वका विभिन्न मुलुकले आ–आफ्ना मौलिक उत्पादन, परिकार, संस्कृति र परम्परासँग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए ।

उक्त नियोगले संस्कृति, मित्रता र सहानुभूतिमार्फत अझ समावेशी, एकताबद्ध र आपसी सम्बन्धयुक्त विश्व निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेको छ ।