६ श्रावण २०८३, बुधबार
,
Latest
थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा बन्दरगाहमा इजरायली हवाई आक्रमणः दुई जनाको मृत्यु, २५ घाइते



अ+ अ-

काठमाडौँ। गाजा शहरको पश्चिममा अवस्थित गाजा बन्दरगाह क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।

प्यालेस्टिनी स्रोतहरूले यस घटनाको पुष्टि गरेका हुन् । प्रत्यक्षदर्शीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार इजरायली हेलिकप्टरले विस्थापित व्यक्तिहरू र आगन्तुकहरूको ठूलो उपस्थिति रहेको बन्दरगाह क्षेत्रमा मिसाइल प्रहार गरेको थियो ।

चिकित्सा स्रोतकाअनुसार एम्बुलेन्समार्फत दुई जनाको शव र २५ जना घाइतेलाई गाजा शहरको एक अस्पतालमा पु¥याइएको छ । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

विद्युत, पानी र खाद्यान्न जस्ता आधारभूत आवश्यकताको चरम अभावका बीच गाजा बन्दरगाह क्षेत्र हाल विस्थापित परिवारहरूको प्रमुख आश्रयस्थल बनेको छ ।

सो क्षेत्रमा समुद्री किनारैभरि दर्जनौं अस्थायी पालहरू निर्माण गरिएका छन् । यस हवाई आक्रमणका बारेमा इजरायली सेनाले हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

पछिल्ला दिनहरूमा इजरायलले गाजा पट्टीका आवासीय भवन, विस्थापितका पाल र सार्वजनिक स्थलहरूलाई लक्षित गरी हवाई आक्रमण तिब्र बनाएको छ ।

गाजाको स्वास्थ्य निकायकाअनुसार अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएयता हालसम्म इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको कुल संख्या ७२ हजार ९ सय ३९ पुगेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल