२७ भाद्र २०८३, शनिबार
,
Latest
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने



अ+ अ-

तनहुँ। गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटन परिपथ विकास गर्नेभएको छ ।

गण्डकी प्रदेशसभामा आज प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेशका विभिन्न जिल्लाका धार्मिकस्थल जोड्ने गरी धार्मिक पर्यटन परिपथ विकास गरिने उल्लेख गर्नुभयो ।

दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधाम जस्ता महत्वपूर्ण धार्मिकस्थल जोडिने गरी धार्मिक पर्यटन परिपथ विकास गरिने उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले मुख्य पर्यटकीय गन्तव्यमा पहुँच मार्ग बनाइ हाइ अल्टिच्युट सिक्नेसको उपचारलगायत आधारभूत सुविधा विस्तार गरिने बताउनुभयो ।  रासस