२७ भाद्र २०८३, शनिबार
,
Latest
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसिया जान लागेका नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख रुपैयाँसहित पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल एयरलाइन्सका एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

स्वदेशी तथा विदेशी मुद्रा ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ परेका छन् ।

सुनसरीकाे गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले साे परिमाणकाे रकमसहित पक्राउ गरेको हो ।

विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत विश्वास सोमबार राति बटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए ।

उनले अहिलेसम्म २६ पटक बाह्य मुलुक यात्रा गरेको देखिएको प्रहरीको भनाइ छ । विमानस्थलमा ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनको लगेजभित्र फलामको कराइमा लुकाइएका अवस्थामा विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।