६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनेस्को काठमाडौँद्वारा थामेमा अभौतिक सम्पदाको सूचीकरण आरम्भ



अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँले सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका–५, थामेका अभौतिक सम्पदाको सूचीकरण आरम्भ गरेको छ ।

विसं २०८१ साउन ३२ गते त्यहाँ भएको हिमताल विस्फोटपश्चातको बाढीका कारण बस्ती र सम्पदा प्रभावित भएपछि युनेस्को काठमाडौँले परियोजना तर्जुमा गरेर विज्ञसहितको अध्ययन टोली थामेमा पठाएको थियो । समुदायको सहभागितामा गरिएको अध्ययनको निष्कर्षका आधारमा आज भक्तपुरको नगरकोटमा आयोजित छलफल कार्यक्रममा थामेमा सूचीकरणको प्रक्रियामा रहेका सांस्कृतिक सम्पदाहरुको जानकारी दिइएको हो । उक्त सूचीमा खानाका परिकारतर्फ आलु रोटी, सोर्किम, थो र रिल्दोम (आलुको परिकार) तथा चाडपर्व र रीतिरिवाजतर्फ मणि रिम्दु, दुम्जी, लोसार, छेचु, चिरिम र बिदाइको रितलगायत रहेको अध्येता डा नीलकमल चापागाईंले बताउनुभयो । उहाँले विस्तृत अध्ययन गर्दा उक्त सूची बढ्न सक्ने जनाउँदै थामेमा बस्ती विस्थापनसमेत हुन थालेकाले जीवन्त सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका  सहसचिव डा सुरेशसुरज श्रेष्ठले युनेस्को मुख्यालयको नीतिलाई पालना गर्दै नेपाल सरकारले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको काम सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले सातै प्रदेशमा अभौतिक सम्पदा सूचीकरणको अभियान सञ्चालन गरेर आह्वान गर्दा गतवर्ष  १०५ सम्पदा सूचीकरणका लागि आवेदन आएकामा अहिलेसम्म नेवार सुदायको योमरी परिकार सूचीकरणमा परेको बताउनुभयो । योरमरीलाई युनेस्कोको मार्गदर्शनअनुसार अन्तरराष्ट्रियस्तरमा सूचीकरणका लागि प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा पारित गरेको अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिलाई नेपालले सन् २०१० मा अनुमोदन गरेको थियो ।

कार्यक्रममा युनेस्कोका लागि नेपाल प्रतिनिधि याको डु तोइटले हिमाली क्षेत्रमा बसोवास गर्दै आएको शेर्पा समुदायलाई केन्द्रमा राखेर उक्त अध्ययन गरिएको र यसलाई सरोकारवाला पक्षबाट प्राप्त सुझावका आधारमा प्रकाशन गरिने बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक अर्चना श्रेष्ठले नेपालमा अहिलेससम्म चार वटा हिमताल फुटिसकेको र हिमलात फुट्दा स्थानीयको जनजीवनमा गम्भीर असर पर्ने भएकाले पूर्व सचेतनामा ध्यान दिनुपर्ने बताउनुभयो  ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले थामेका शेर्पा समुदाय सम्पदा संरक्षणमा कटिबद्ध हुनाका साथै काटमार नगर्ने र  जङ्गली जनावरलाई बाली खान दिने स्वभावका भएको अनुभव सुनाउनुभयो । नेपालमा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र अभिलेखीकरणका लागि मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि २०८१ तयार गरेको छ । सो सम्बन्ध िविधेयक हालै राष्ट्रियसभाबाट पारित भएको छ ।

कार्यक्रममा प्राकृतिक विपद्बाट थामे समुदायमा परेको प्रभावबारे बनाइएको वृत्तचित्र सार्वजनिक गरिएको थियो । रासस