१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभी भर्न राहदानी अनिवार्य, एक महिनामा तेब्बर बढीले राहदानी सिफारिस लिए



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनबाट हिजोआज दैनिक १ सय ५० जनाको राहदानी सिफारिस हुने गरेको छ । अमेरिका जाने डिभी चिठा भर्न राहदानी अनिवार्य गरिएपछि एक महिनामा तेब्बर बढीले राहदानी सिफारिस लिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सिफारिस लिनेमध्ये पनि एकतिहाइले दु्रत सेवाको शुल्क बुझाएका छन् । त्यसरी अतिरिक्त राजस्व बुझाएपछि सीधै राजस्व विभागबाट राहदानी लिन सकिन्छ ।

‘डिभी खुल्नुअघि औसतमा दैनिक ५० वटा जति राहदानी सिफारिस हुने गरेको थियो,’ जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले भने, ‘अहिले दैनिक एक सय ५० को हाराहारीमा सिफारिस हुने गरेको छ ।’

दोब्बर राजस्व बुझाउने धेरै:तत्काल राहदानी बनाई डिभी भर्नेहरूले जिल्लाबाट सिफारिस लगेर काठमाडौंबाट दु्रत गतिमा बनाउने गरेका छन् । जिल्लाबाट सिफारिस भएर जाँदा कम्तीमा १५ दिनदेखि २० दिनसम्म लाग्ने गरेको छ । जम्मा ५ हजार रुपैयाँ लाग्छ । तर, दु्रत सेवा लिन चाहेमा दोब्बर राजस्व बुझाई काठमाडौंबाट तीन फरक अवस्थामा लिन सकिन्छ ।

एकै दिनमा चाहेमा १५ हजार, दुई दिनमा चाहेमा १२ हजार र ३ दिनमा १० हजार राजस्व बुझाएपछि राहदानी पाइन्छ । अघिल्लो आर्थिक वर्षको राहदानी विवरण हेर्दा चितवन जिल्ला प्रशासनमार्फत मासिक दुई हजार ५ सय ४० राहदानी सिफारिस हुने गरेको छ ।

डिभी भर्न ठेलमठेल:अमेरिकाले डिभी चिठा खुला गरेपछि हरेक वर्षझैँ यस वर्ष पनि डिभी भर्ने नेपालीको भिड लागेको छ । कम्युनिकेसन सेन्टर, फोटो स्टुडियोमा डिभी भर्नेको भिड लागेको छ ।

मनकामना कम्युनिकेसन सेन्टर पुल्चोक नारायणगढका सञ्चालक यतीराज सापकोटाले डिभी भर्नेहरूको घुइँचो लाग्ने गरेको बताए । डिभी भर्ने लाइनमा भेटिएकी साधना अर्यालले भनिन्, ‘चिठा न हो प(यो भने त परिगयो नि । नयाँ पत्रिका दैनिकबाट