२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा नेटवर्किङ फ्रडमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना अनुसन्धानको घेरामा



अ+ अ-

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित विभिन्न क्षेत्रमा सञ्जालीय ठगी (नेटवर्किङ फ्रड) मा फसेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। भारतस्थित नेपाली राजदूतावास, नयाँ दिल्लीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकहरूको श्रम शोषण तथा ठगी भइरहेको सूचनाका आधारमा उद्धार अभियान सञ्चालन गरिएको हो।

राजदूतावासले उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय तथा गैरसरकारी संस्था KIN India सँगको समन्वयमा उद्धार कार्य सम्पन्न गरेको जनाएको छ। उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा ११५ महिला र ३३८ पुरुष गरी कुल ४५३ नेपाली नागरिकलाई उद्धार गरिएको थियो।

उद्धार गरिएका सबै नेपाली नागरिकलाई २०८३ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको राजदूतावासले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले उद्धार गरिएकामध्ये ६ महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

राजदूतावासले उद्धार अभियान सफल बनाउन सहयोग पुर्‍याउने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, KIN India तथा अन्य सरोकारवाला निकायप्रति आभार व्यक्त गरेको छ।

साथै, नेपाल सरकार तथा भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणप्रति आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रलोभनका नाममा गरिने प्रस्तावप्रति सचेत रहन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।