२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्मुज जलडमरूमध्यमा शङ्कास्पद ‘माइन’ फेला परेपछि ओमानद्वारा समुन्द्री शतर्कता जारी



अ+ अ-

काठमाडौँ। ओमानको समुन्द्री सुरक्षा केन्द्रले हर्मुज जलडमरूमध्यमा एक शङ्कास्पद वस्तु फेला परेपछि समुन्द्री शतर्कता (म्यारिटाइम अलर्ट) जारी गरेको छ ।

ओमानको क्षेत्रीय जलक्षेत्रभित्र पर्ने ’इनशोर ट्राफिक जोन’ को पश्चिमतर्फ तैरिरहेको उक्त वस्तु ‘माइन’ (विष्फोटक) हुनसक्ने आशङ्का गरिएको छ ।

केन्द्रले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण नाविक, माछा मार्ने व्यक्ति तथा जहाजहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा समुद्री मार्ग प्रयोगकर्ताहरूलाई कुनैपनि शङ्कास्पद वस्तुबाट सुरक्षित दूरी कायम राख्न र त्यस्ता वस्तु फेला परेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

विश्वव्यापी ऊर्जा ढुवानीका लागि रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा सुरक्षा संवेदनशीलता बढिरहेका बेला ओमानको यस्तो चेतावनी आएको हो ।

यो जलमार्ग विश्वको इन्धन आपूर्तिका लागि सबैभन्दा प्रमुख समुन्द्री मार्गहरूमध्ये एक मानिन्छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल समाचार सामग्री ।




भर्खरै