३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ



अ+ अ-

काठमाडौँ।  प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका-२६ गोँगबु मित्रनगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ छ ग्राम ४४० मिलिग्राम र डिजिटल तराजु एक थानसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुनबहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय सञ्जय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १४० एम्पुल, बुप्रेनोर्फिन १०९ एम्पुल, फेनारगन १३४ एम्पुल र नगद रु १७ हजार ७०० सहित कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुली घर भएका २९ वर्षीय सुजन लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा प्र ०२-०२८ प ४४७७ नम्बरको स्कुटरमा सवार उहाँलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । त्यसैगरी दाङ, पर्सा, कैलाली, कञ्चनपुर, सुनसरी र बाँके जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले आज इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ गरेको छ । रासस