६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति, तत्काल स्पष्टीकरणको माग



भिम राबल
अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमा स्पष्टीकरण माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रावलले प्रधानमन्त्रीले प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई गम्भीर र आपत्तिजनक बताएका छन्।

रावलले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारी बहन गर्ने व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु असामान्य भएको उल्लेख गर्दै, यदि नेपालले वास्तवमै भारतको भूभाग मिचेको हो भने त्यसबारे स्पष्ट विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

उनले नेपालले भारतको भूभाग कहाँ, कति र कहिलेदेखि मिचेको भन्ने विषयमा नेपाली जनतालाई तत्काल जानकारी गराउनुपर्ने बताएका छन्। साथै, उनले सत्तारूढ पक्ष, सम्बन्धित राजनीतिक दल तथा प्रतिनिधिहरूले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

रावलले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग सम्बन्धित संवेदनशील प्रश्न उठाएको भन्दै जनताले यसको स्पष्ट जवाफ खोज्नुपर्ने उल्लेख गरेका छन्।