१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

पत्रकारितासँगै पानको व्यापारमा त्रिपाठी

पत्रकारितासँगै पानको व्यापारमा त्रिपाठी
अ अ+ अ-

भरतपुर । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रोहिणी त्रिपाठी यतिबेला मुग्लिन बजारमा पत्रकारितासँगै पानको व्यापारमा गरिरहनुभएको छ । त्रिपाठी स्टेशनरी व्यापारसँगै पत्रकारिता क्षेत्रमा लाग्नुभएको हो ।

विसं २०५४ मा ईच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा स्टेशनरी शुरु गरेसँगै उहाँले पत्रकारिता पनि सँगै अगाडि बढाउनुभयो । तत्कालीन समयमा पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएका त्रिपाठीले झण्डै २२ वर्षसम्म सूचनाको स्रोत बनेर मुग्लिनमा रहँदै आउनुभएको छ ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा हुने ठूला सवारी दुर्घटनामा राष्ट्रिय र स्थानीयस्तरका सञ्चारमाध्यमका साझा संवाददाताका रुपमा उहाँले सघाउँदै आउनुभएको छ । पछिल्लो समय उहाँकै प्रेरणाले मुग्लिन बजारमा पत्रकार हुने क्रम भने बढ्दै गएको छ । अहिले सो क्षेत्रमा एक दर्जन पत्रकार क्रियाशील छन् । उनीहरुलाई सङ्गठित गरेर आफ्नै नेतृत्वमा उहाँले ईच्छाकामना पत्रकार समूहसमेत बनाउनुभएको छ ।

भरतपुरको अदब मिडिया हाउसमा भेटिनुभएका त्रिपाठीले भन्नुभयो, “पत्रकारिता र स्टेशनरी व्यापार भन्दा पानको व्यापारबाट सन्तुष्ट छु ।” उहाँले आफ्नै स्टेशनरी पसल अगाडि घुम्तीमा गत भदौबाट पान पसल शुरु गर्नुभएको हो । पान बनाउने काम उहाँ र श्रीमती शान्ताले आलोपालो गर्दै आउनुभएको छ । सोही ठाउँमा यसअघि पानको व्यापार गर्दै आउनु भएका शिवशङ्कर जैसवालसँग सीप सिकेर उहाँले व्यापार थाल्नु भएको हो ।
पान पसलमा सुर्तीजन्य पदार्थसँगै पानी, फास्टफुडसँगै चिसो पेय पदार्थ, जुस, चक्लेटलगायतका सामग्री बिक्री गर्दै आउनुभएको छ । त्रिपाठीले भन्नुभयो,“दैनिक पाँचदेखि आठ हजारसम्म व्यापार हुन्छ, । महिनामा न्यूनतम ६० हजार बचाउँछु ।”

स्टेशनरी पसलबाट भने उहाँ सन्तुष्ट हुनुहुन्न । दैनिक दुई हजार हाराहारी व्यापार हुने स्टेशनरी व्यापारमा नाफा पनि कम हुने गरेको उहाँले बताउनुभयो । सामान्यदेखि ठूला घरानीयासम्मलाई त्रिपाठी आफ्नै हातले बनाएर मिठा र जर्दा पान खुवाउने गरेको बताउनुहुन्छ ।

सवारी यात्रा गर्नेहरुका लागि खानामा प्रख्यात मुग्लिन बजारमा पारखीहरु खानापछि पान पसल खोज्दै हिँड्ने गर्दछन् । बिहान ६ बजेदेखि राति १२ बजेसम्म पनि पानको व्यापार हुनेगर्दछ ।

५० वर्षीय त्रिपाठीलाई जिल्ला र राजधानीका धेरै पत्रकारले चिन्दछन् । नेपाल पत्रकार महासङ्घमा उहाँ धेरै पटक केन्द्रीय पार्षद् बन्नुभयो । हाल पनि उहाँ चितवनबाट प्रदेश पार्षद् हुनुहुन्छ ।