३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

नेकपा प्रमुख सचेतक दुलालद्वारा प्रधानमन्त्री बालेनमाथि नियमावली उल्लङ्घनको आरोप, संसद् नियम मिचिएको दाबी

नेकपा प्रमुख सचेतक दुलालद्वारा प्रधानमन्त्री बालेनमाथि नियमावली उल्लङ्घनको आरोप, संसद् नियम मिचिएको दाबी
अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभा नियमावली उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीबाट संविधान र नियमावली मिचिएको विषय संसद्को ध्यानाकर्षण गराउन चाहेको बताउनु भयो । प्रधानमन्त्रीबाट यस्तो कार्य हुनु राष्ट्रका लागि दुःखद् भएको उहाँको भनाइ थियो ।

दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६(१) अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उक्त व्यवस्थाअनुसार १५–१५ सदस्यको समूह गठन गरी प्रधानमन्त्रीलाई सोधिने प्रश्न तीन दिनअघि लिखित रूपमा उपलब्ध गराउनुपर्ने तथा प्रधानमन्त्री उपस्थित भएको दिन एक घण्टा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनु भयो ।

तर उक्त प्रक्रिया पालना नगरिएकाले नियमावलीको स्पष्ट उल्लङ्घन भएको दुलालको आरोप छ । उहाँले यस विषयलाई संसदको अभिलेखमा दुःखका साथ दर्ज गराउन चाहेको बताउनु कभयो ।

उहाँले भन्नुभयो, ‘आज फेरि एकपटक संविधान र नियमावली मिचिएको कुरा संसदलाई अवगत गराउनु चाहन्छु । सम्माननीय प्रधानमन्त्रीबाट त्यो हुनु राष्ट्रको लागी धेरै नै दुःखद् हो । हाम्रो प्रतिनिधिसभा नियामावली, २०७९ को ५६ एकमा प्रतिनिधि सभाका सदस्यहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ । जसअन्तर्गत समुह विभाजन गरिन्छ, १५÷१५ जनाको, त्यो समुहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा ३ दिन अगाडी नै लिखित रुपमा प्रश्न दिने र प्रधानमन्त्री उपस्थिति भएको दिन १ घण्टा प्रश्नोत्तर राख्ने प्रावधान भएकोले यो नियामावलीको नियम मिचिएको कुरा दुःखका साथ दर्ज गर्न चाहन्छु ।’

प्रधानमन्त्री साहले प्रतिनिधिसभामा सांसदहरुसंग प्रश्नोत्तर गर्न समय माग गर्नुभएपछि सभामुख डोरप्रसाद अर्यालले समय दिनुभएको थियो ।