१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

राहदानी फालेर अटोमा रमाउँदै युवा

राहदानी फालेर अटोमा रमाउँदै युवा
अ अ+ अ-

रोल्पा । युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश हानिएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहोर्याएर विदेश नजाने निष्कर्षमा पुगे, पाँच लाख लगानी गरेर अटो खरिद गरे र आफै चलाए । उनी अहिले सदरमुकाम आसपासका ग्रामीण क्षेत्रलाई समेत लक्ष्य गरी अटोमा यात्रु बोक्छन् ।

रोल्पा नगरपालिका–४ लहरी खोलाका टीकाबहादुर केसी २ वर्ष कतार बसे । रोजगारीको कुनै अवसर नदेखेपछि उनी २ वर्ष अघि कतार गएका हुन् । जोखिमपूर्ण काम गर्दा कतिबेला मृत्युको मुखमा पुगिने हो भन्ने त्रासका बीच २ वर्षको कतार बसाइलाई बिट मारेका उनले यहाँ अटो चलाउन शुरु गरे । विदेशमा कमाएको पैसाले नपुगे पछि ऋण लिए र ५ लाखमा अटो खरिद गरे । उनी अहिले सदरमुकाम र आसपासका बजार क्षेत्रमा अटो चलाउने गर्छन् ।

रोल्पा नगरपालिका–९ गर्पाका सन्तोष परियार ५ वर्ष मलेसिया र २ वर्ष साउदी अरब गरी ७ वर्ष विदेश बसे । विदेश गएर कमाएको पैसाले सदरमुकाम लिवाङमा राम्रो घर बनाउने र गाडी किन्ने चाहना थियो उनको । सात वर्षसम्म विदेशमा पसिना चुहाएपनि उनले न लिवाङमा घर किन्न सके न त गाडी नै । गाडी किन्ने सपना बोकेका उनी अहिले अटो किनेर त्यसैको चालक बनेका छन् । विदेश जाँदा साहुबाट लिएको ऋणको सांवा र ब्याज भने उनले जसोतसो तिर्न सके ।

तीस वर्षभन्दा कम उमेर समूहका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन् मदन, टीका र सन्तोष । घरको आर्थिक अवस्था कमजोर भएका उनीहरु सकेसम्म स्वदेशमै काम गर्न चाहन्थे । स्वदेशमा काम गर्ने अवसर नपाएपछि तीनै जना विदेशिएका थिए । युवावयको धेरै समय विदेशी भूमिमा खर्चिएका उनीहरु उमेर चढेसँगै विदेश जाने मोह घट्न जाँदा स्वदेशमै स्वरोजगार बन्न अटो व्यवसाय रोजेका हुन । मदन, टीका र सन्तोष मात्र हैन रोल्पाका ४५ जना भन्दा बढी वैदेशिक रोजगारीबाट फर्किएका युवक राहदानी फ्याँकेर जिल्लामै अटो चलाउन थालेका छन् ।

रोल्पा नगरपालिकाको लिवाङ बजार र रोल्पा आसपासका क्षेत्र, माडी गाउँपालिकाको घर्तीगाउँ, सुनिल स्मृति गाउँपालिकाको सुलिचौर, रुन्टीगढी गाउँपालिकाको होलेरी लगायतका क्षेत्रमा अटो सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकामलाई आधार बनाई वराहदेवता अटो व्यवसायी समिति र मधुरमा अटो व्यवसायी समिति सक्रिय छन् । दुवै समितिमा गरी ५५ जनाभन्दा बढी अटोसँग आवद्ध रहेको वराहदेवता अटो व्यवसायी समितिका उपाध्यक्ष कुलबहादुर विकले जानकारी दिए । विकका अनुसार दुवै समितिमा आवद्ध रही अटो सञ्चालन गर्नेमध्ये ४५ जना वैदेशिक रोजगारीबाट फर्किएकाहरु हुन् ।

यो पेशाबाट दैनिक सरदर एक हजार ५०० जति आम्दानी हुने गरेको अटो व्यवसायीहरुले बताएका छन् । सामान्य अवस्थामा पनि दैनिक एक हजार ५०० जति आम्दानी गर्ने उनीहरुको सदरमुकाममा हुने विशेष कार्यक्रमहरुमा भने कमाइ पनि बढ्ने गर्दछ । कार्यक्रम पर्दा त दैनिक आठ हजारसम्म आम्दानी हुने गरेको व्यवसायी रामबहादुर डाँगीले बताए । “रिजर्भ गरेर सदरमुकाम बाहिर जानु पर्दा अतिरिक्त कमाइ हुन्छ,” डाँगीले भने । सदरमुकामदेखि रांसीसम्म रिजर्भमा लैजाँदा आफूले १२ हजारसम्म आम्दानी गरेको डाँगीले बताए ।

सदरमुकाम लिवाङलाई आधार बनाएर अटो चलाउनेहरुका लागि नगरपालिकाले सीमा समेत निर्धारण गरिदिएको छ । नगरपालिकाले तोकेको क्षेत्रभित्र अटो चलाउँदा पनि ट्राफिक प्रहरीले दुःख दिने गरेको व्यवसायीहरुको गुनासो छ । बजार क्षेत्र बाहिर अटो लैजाँदा जरिवाना स्वरुप ५०० रुपैयाँ दण्ड तिराएर ट्राफिकले सताउने गरेको उनीहरुको भनाइ छ । “सानो लगानीमा स्वरोजगार हुँदै जनतालाई अत्यावश्यकीय सेवा दिँदै आए पनि ट्राफिकको पटक पटकको हैरानीले कहिलेकाहीँ निराश बनाउँछ,” एक व्यवसायीले भने ।

नगरपालिकामा अटो भित्रिएसँगै नगरवासीलाई आउजाउमा निकै सहज भएको छ । व्यक्तिगत सवारी साधन नहुनेहरुका लागि अटोले निकै सघाउ पु¥याएको रोल्पा नगरपालिका–४ का बेगम केसीले बताइन् । “सदरमुकाम लिवाङबाट झण्डै ५ किलोमिटरको दूरीमा रहेको जिल्ला अस्पताल, झण्डै ३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरण जस्ता जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय आवतजावत गर्न निकै सहज भएको छ,” केसीले भने । जेष्ठ नागरिकहरुका लागि अटो व्यवसायीहरुले भाडा दरमा केही सहुलियतको प्रवन्ध गरिदिनुपर्ने केसीको सुझाव छ ।