१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले प्रचार विभाग प्रमुखको टिप्पणी : बजेट यथार्थ भन्दा भ्रम बढी



अ+ अ-

काठमाण्डौ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले नेपाल सरकारले प्रस्ताव गरेको बजेट यथार्थ भन्दा भ्रम बढी भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसवुकमा धारणा सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

´नेपाल सरकारले प्रस्ताव गरेको २१ खर्ब २४ अर्बको नयाँ बजेट वित्तीय सुधारको नारा दिएता पनि आम नागरिकका लागि भने चुनौतीपूर्ण छ ।` उनले लेखेका छन्,´ राजस्व बढाउने नाममा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा ३% ‘इक्विटी शुल्क’ थपिनु र ५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाइनु चरम विरोधाभासपूर्ण छ ।` यसले सरकारी सेवाको दयनीय अवस्थाका कारण निजी क्षेत्रमा निर्भर रहन बाध्य मध्यम र विपन्न वर्गमाथि महँगी र आर्थिक बोझको प्रत्यक्ष प्रहार गर्ने आचार्यको भनाइ छ ।

कृषि र उद्योगमा भन्सार दर समायोजन भनिए पनि ठोस पूर्वाधार र पुँजीगत खर्चको अभावमा बजेटले तत्काल गति लिन नसक्ने उनले उल्लेख गरेका छन् ।

त्यस्तै, सूचना प्रविधि क्षेत्रमा कर छुट दिएर युवालाई आकर्षित गर्न खोजिए पनि उनले खाडी र मलेसिया पलायन हुने देशका बहुसंख्यक अदक्ष तथा अर्धदक्ष युवाहरूका लागि रोजगारी सिर्जना गर्ने ठोस र भरपर्दो योजना बजेटमा नसमेटिएको उनले बताए ।
बजेटले मध्यम वर्गलाई थप संकुचित पार्ने छ र युवा पलायनको मूलसंकटलाई सम्बोधन गर्न नसक्सने उनको भनाइ छ ।