१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे हुने

रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे हुने
अ अ+ अ-

नवलपरासी । भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तुप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) हुने भएको छ ।

युनेस्कोमार्फत यूके यलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्याम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तुपमा गर्न लागिएको भौगर्भिक अध्ययनका लागि बेलायतबाट विज्ञहरुका टोली नेपाल आउन लागेको हो ।

आवश्यक प्रविधिसहित विज्ञको टोली कात्तिक २० गते बुधबारसम्म यहाँ आइपुग्ने छ । त्यसपश्चात् टोलीले रामग्राम स्तुपमा भौगर्भिक अध्ययन काम थाल्ने लुम्बिनी विकास कोषका सङ्ग्रहालय अधिकृत धु्रवनारायण पाण्डेले बताउनुुभयो । टोलीले आगामी मङ्सिर १ गतेसम्म भौगर्भिक अध्ययन काम गर्नेछ ।

नेपालमा सरकारी कार्यालयमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेशिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन् । सो कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरह्याम विश्व विद्यालयबाट विज्ञको टोली नेपाल आउन लागेको लम्बिनी विकास कोषले जनाएको छ ।

भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमीनको सहतबाट करीब तीन मिटरभित्रसम्मको बनोटको अवस्थालाई तस्वीर ९एक्सरे० सरह कैद गर्न सकिन्छ । जसबाट सो रिपोटका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ पुर्याउन मद्दत पुग्दछ । यस पटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुनेछ । यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ । यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सोही सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो ।

यस स्थानमा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकँुडालगायतका विभिन्न भग्नावशेष यसअगावै फेला परिसकेका छन् । रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल पुन जियोफिजिक्स सर्भे गर्न लागिएको हो । स्तुप वरपरको क्षेत्रमा बृहत् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ । जसबाट अब रामग्राम स्तुपको विकास तीव्रगतिमा हुने आशा पलाएको छ ।

लामो समयसम्म उत्खनन नहुँदा रामग्राम स्तुप महत्वपूर्ण भएर पनि ओझेलमा परेको छ तर हाल लुम्बिनी विकास कोषले रामग्रामको विकासमा चासो देखाएपछि रामग्रामको थप विकास हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । रामग्राम स्तुप र पण्डितपुरमा उत्खननमा भेटिएका प्राचीन पुरातात्विक वस्तु यस क्षेत्रमै सङ्ग्रहालय बनाएर राख्नुपर्ने रामग्राम पर्यटन विकास संस्थाका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले बताउनुभयो ।

पछिल्लो पटक रामग्राम स्तुप क्षेत्रको पर्यटकीय विकासमा चीनको बेइजिङमा रहेको चीन नेपाल संस्कृति आदानप्रदान केन्द्रले समेत चासो देखाएको छ । रामग्राम स्तुप क्षेत्रमा जग्गा उपलब्ध गराउन सकेमा चीन नेपाल संस्कृति आदान प्रदान केन्द्रले सहयोग गर्न तयार रहेको सोका लागि केन्द्रको टोलीले यसअगावै रामग्राम क्षेत्रको अवलोकन गरिसकेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

रामग्राम स्तुप युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ । भगवान् गौतमबुद्धका सातवटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अष्ठधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ । यस क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने चासो सन् १८९६ देखि शुरु भएको हो । यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो जसको लम्वाई १० मिटर छ भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ ।

चिनियाँयात्री फासियान (पाँचौँ शताब्दी) र युवानचाङ (सातौँ शताब्दी) को यात्रा विवरणको आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका आठ वटा स्तुपमध्ये यो रामग्राम स्तुप हो भनी पहिचान गरेका रामग्राम स्तुप क्षेत्रमा राखिएको जानकारीमूलक सूचना पाटीमा उल्लेख छ ।