१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे हुने



अ+ अ-

नवलपरासी । भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तुप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) हुने भएको छ ।

युनेस्कोमार्फत यूके यलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्याम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तुपमा गर्न लागिएको भौगर्भिक अध्ययनका लागि बेलायतबाट विज्ञहरुका टोली नेपाल आउन लागेको हो ।

आवश्यक प्रविधिसहित विज्ञको टोली कात्तिक २० गते बुधबारसम्म यहाँ आइपुग्ने छ । त्यसपश्चात् टोलीले रामग्राम स्तुपमा भौगर्भिक अध्ययन काम थाल्ने लुम्बिनी विकास कोषका सङ्ग्रहालय अधिकृत धु्रवनारायण पाण्डेले बताउनुुभयो । टोलीले आगामी मङ्सिर १ गतेसम्म भौगर्भिक अध्ययन काम गर्नेछ ।

नेपालमा सरकारी कार्यालयमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेशिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन् । सो कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरह्याम विश्व विद्यालयबाट विज्ञको टोली नेपाल आउन लागेको लम्बिनी विकास कोषले जनाएको छ ।

भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमीनको सहतबाट करीब तीन मिटरभित्रसम्मको बनोटको अवस्थालाई तस्वीर ९एक्सरे० सरह कैद गर्न सकिन्छ । जसबाट सो रिपोटका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ पुर्याउन मद्दत पुग्दछ । यस पटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुनेछ । यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ । यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सोही सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो ।

यस स्थानमा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकँुडालगायतका विभिन्न भग्नावशेष यसअगावै फेला परिसकेका छन् । रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल पुन जियोफिजिक्स सर्भे गर्न लागिएको हो । स्तुप वरपरको क्षेत्रमा बृहत् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ । जसबाट अब रामग्राम स्तुपको विकास तीव्रगतिमा हुने आशा पलाएको छ ।

लामो समयसम्म उत्खनन नहुँदा रामग्राम स्तुप महत्वपूर्ण भएर पनि ओझेलमा परेको छ तर हाल लुम्बिनी विकास कोषले रामग्रामको विकासमा चासो देखाएपछि रामग्रामको थप विकास हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । रामग्राम स्तुप र पण्डितपुरमा उत्खननमा भेटिएका प्राचीन पुरातात्विक वस्तु यस क्षेत्रमै सङ्ग्रहालय बनाएर राख्नुपर्ने रामग्राम पर्यटन विकास संस्थाका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले बताउनुभयो ।

पछिल्लो पटक रामग्राम स्तुप क्षेत्रको पर्यटकीय विकासमा चीनको बेइजिङमा रहेको चीन नेपाल संस्कृति आदानप्रदान केन्द्रले समेत चासो देखाएको छ । रामग्राम स्तुप क्षेत्रमा जग्गा उपलब्ध गराउन सकेमा चीन नेपाल संस्कृति आदान प्रदान केन्द्रले सहयोग गर्न तयार रहेको सोका लागि केन्द्रको टोलीले यसअगावै रामग्राम क्षेत्रको अवलोकन गरिसकेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

रामग्राम स्तुप युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ । भगवान् गौतमबुद्धका सातवटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अष्ठधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ । यस क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने चासो सन् १८९६ देखि शुरु भएको हो । यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो जसको लम्वाई १० मिटर छ भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ ।

चिनियाँयात्री फासियान (पाँचौँ शताब्दी) र युवानचाङ (सातौँ शताब्दी) को यात्रा विवरणको आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका आठ वटा स्तुपमध्ये यो रामग्राम स्तुप हो भनी पहिचान गरेका रामग्राम स्तुप क्षेत्रमा राखिएको जानकारीमूलक सूचना पाटीमा उल्लेख छ ।