१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारदेखि जोर-विजोर प्रणाली लागू, नियम तोडे ४ हजार जरिवाना



अ+ अ-

काठमाडौं । प्रदुषण घटाउन भारतको राजधानी नयाँदिल्लीमा प्रदुषणको स्तर खतरामा पुगेको छ । प्रदुषण घटाउनको लागि दिल्लीको स्थानीय सरकारले सवारी साधनमा सोमबारदेखि जोर–विजोर प्रणाली लागू गरेको छ । यो नियम १५ नोभेम्बरसम्म लागू गर्न लागेको भारतीय मिडियले लेखेको छन् । नियमको उल्लंघन गर्नेलाई ४ हजार रुपैयाँको जरिवाना गरिने स्थानीय सरकारले जनाएको छ । नियम कडा तरिकाले लागू गर्नको लागि दिल्लीका भित्री सडकहरुमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

जोर–विजोर प्रणालीमा जोर दिन अर्थात पछाडीको अंक ०, २, ४, ६, ८ आउने दिनहरुमा जोर नम्बरप्लेटका गाडीहरु अर्थात नम्बर प्लेटको पछाडीको अंक ०, २, ४, ६, ८ भएका सवारीहरु मात्र चल्न पाउनेछन् भने विजोर ९१, ३, ५, ७, ९०दिनमा सवारी साधनको नम्बरप्लेटको पछाडीको अंक १, ३, ५, ७, ९ भएका सवारी साधनहरुमात्र चल्न पाउनेछन् । एकपटक जरिवाना गरिसकेका सवारीहरुले पुनः नियम उल्लंघन गरे उनीहरुलाई फेरि पनि ४ हजार रुपैयाँ जरिवाना लगाइने छ ।

अरु सवारी साधनहरुलाई यस्तो नियम लागू भएता पनि एम्बुलेन्स, दमकल, जेलको कैदी बोकेको सवारी र शवबाहनलाई भने यो नियम लागू नहुने बताइएको छ । यदि कुनै व्यक्तिले निजी सवारी वा अन्य कुनै भाडाका सवारीमा विरामी अस्पताल लैँजादै गरेको अवस्थामा पनि परिस्थिति हेरेर छुट दिइने भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले अन्य राज्यबाट आउने सवारी साधनमा पनि जोर–विजोर प्रणाली लागू हुने स्पस्ट पारिसकेका छन् ।

अत्याधिक प्रदुषण बढेपछि त्यहाँको सरकारले २ तारिखदेखि ५ तारिखसम्म दिल्लीका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ भने निर्माण कार्यहरु गर्न पनि प्रतिबन्ध लगाएको छ । प्रदुषणका विस्तारै कम हुँदै गएपछि स्थिति सामान्य बनाउँदै लगिने मुख्यमन्त्री केजरीवालले बताएका छन् ।