६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इबोला प्रकोप : डब्लुएचओ प्रमुख घेब्रेयसस कङ्गोमा



अ+ अ-

बुनिया। संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य प्रमुख टेड्रोस अधानोम घेब्रेयसस इबोलाको प्रकोपबाट सबैभन्दा बढी प्रभावित प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वीे प्रान्तको शनिबार भ्रमण गर्नुभएको छ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले इतुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँग भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले कङ्गो सरकारलाई प्रकोपको सामना गर्न मद्दत गरिरहेको छ, तर यस समयमा स्थानीय समुदायले पनि जिम्मेवारी लिएर यसलाई कम गर्न पूर्व सावधानी अपनाउनु महत्त्वपूर्ण छ ।”

उहाँले भन्नुभयो, “हामी यहाँ समुदायसँग छलफल गर्न प्रतिक्रिया कसरी चलिरहेको छ बुझ्न र यदि मद्दत गर्न चुनौतीहरू छन् भने यसबारे जानकारी सङ्कलन गर्न आएका छौँ ।”

अत्यधिक सङ्क्रामक रक्तस्रावी ज्वरो पहिले नै तीन प्रजातान्त्रिक गणतन्त्र कङ्गोका पूर्वी प्रान्तहरू र छिमेकी युगान्डामा फैलिएको छ । यहाँ इबोला सङ्क्रमित एक व्यक्तिको मृत्युसहित नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार भनेको छ, “इबोला भाइरस (रोग) सङ्क्रमण भएको मिति घोषणा भएको दिन मे १५ देखि कङ्गोमा कम्तिमा एक हजार ७७ संदिग्ध सङ्क्रमितका घटनाहरू भेटिएका छन् भने यसमध्ये कम्तीमा २४६ जनाको मृत्यु भएको छ।”

“कङ्गोमा प्रकोपको वास्तविक सङ्क्रमितहरूको सङ्ख्या यो समस्या पत्ता लाग्नुभन्दा पहिले नै फैलिएको ठानिएको छ, धेरै व्यापक हुने सम्भावना छ,” डब्ल्यूएचओले चेतावनी दिएको छ।

तीन दशकदेखिको द्वन्द्वले ग्रस्त रहेको विशाल, अस्थिर मध्य अफ्रिकी देशसँग सङ्क्रमण पुष्टि गर्न प्रयोगशालामा परीक्षण गर्ने क्षमता सीमित छ।

युगान्डाले यसै हप्ता डीआरसीसँगको आफ्नो सीमा बन्द गरेको छ र त्यस देशबाट आउने जोसुकैलाई २१ दिन क्वारेन्टाइनमा राख्न आदेश दिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म चिकित्सकको सम्पर्कमा आएका विरामीमध्ये एक बिरामीलाई बुधबार निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। डिस्चार्ज गरिएको बिरामीलाई अस्पतालमा नै दुई पटकसम्मको परीक्षणका क्रममा निको भएको पुष्टिभएपछि घर पठाइएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका एनिस लेगान्डले जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै अहिलेको प्रकोपमा इबोला सङ्क्रमित पुष्टि भएका बिरामीमध्ये निको भएको घटना यो पहिलो भएको बताउनुभएको छ।

नजिकको सम्पर्क र शरीरको तरल पदार्थबाट सर्ने इबोलाले विगत ५० वर्षमा अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।

डीआरसीमा सबैभन्दा घातक इबोलाको प्रकोपले सन् २०१८ र सन् २०२० को बीचमा तीन हजार ५०० सङ्क्रमितमध्ये लगभग दुई हजार ३०० जनाको ज्यान लिएको थियो ।

‘मेडिकल च्यारिटी डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इबोलाको महामारी घोषणा भएको पहिलो दिनमा यति धेरै घटना कहिल्यै पनि रेकर्ड गरिएको थिएन ।”

उक्त क्षेत्रमा तैनाथ चिकित्सा विज्ञको सङ्ख्या अझै अपर्याप्त रहेको बताइएको छ ।

बढी प्रभावित इतुरी प्रान्तमा सरकारी सेवाहरूको ठूलो मात्रामा अभाव छ, जहाँ इस्लामिक स्टेटसँग सम्बद्ध एडिएफ लडाकुहरू र अन्य मिलिसियाहरूको उपस्थितिका कारण असुरक्षाका कारण पहुँच अवरुद्ध भएको छ ।

तीन दशकदेखि लगभग निरन्तर हिंसाले ग्रस्त नजिकैको उत्तर र दक्षिण किभु प्रान्तहरूमा इबोलाका घटनाहरू पनि प्रकोपकै रूपमा भेटिएका छन् ।
हालको प्रकोपको कारण बनेको इबोलाको बुन्डिबुग्यो स्ट्रेनको लागि कुनै खोप वा विशेष उपचार भेटिएको छैन ।

सिडिसी अफ्रिकाका प्रमुखले बिहीबार यो वर्षको अन्त्यसम्ममा खोप तयार भइसक्नुपर्नेमा जोड दिनुभएको छ।(रासस/एएफपी)