२७ भाद्र २०८३, शनिबार
,
Latest
कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र अस्ट्रियाबीचको सम्बन्ध स्वस्थ र स्थिर रहेको अस्ट्रियाली संसदका अध्यक्षको भनाइ



अ+ अ-

काठमाडौँ। अस्ट्रियाको संसद्का अध्यक्ष वाल्टर रोजेनक्रान्जले चीन र अस्ट्रियाबीचको संसदीय आदानप्रदान तथा दुई देशबीचको स्वस्थ र स्थिर सम्बन्धको प्रशंसा गर्नुभएको छ ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उक्त कार्यक्रममा अस्ट्रियाको नेशनल काउन्सिलका अध्यक्ष रोजेनक्रान्जले अस्ट्रिया र चीनबीचको सम्बन्धले हालसम्म सकारात्मक र स्थिर गति कायम गरेको बताउनु भयो ।

विशेषगरी दुवै देशका व्यवस्थापिकाबीच निकै निकटको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले सन् १९९२ यता दुई मुलुकबीच ६० भन्दा बढी पारस्परिक संसदीय भ्रमणहरू सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै अध्यक्ष रोजेनक्रान्जले दुवै देशले आपसी सम्मानको परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सम्बन्धको विकासलाई संयुक्त रूपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

सोही अवसरमा अस्ट्रियाका लागि चिनियाँ राजदूत छि मेइले चीन र अस्ट्रियाले आपसी सम्मान र समानताका आधारमा राजनीतिक विश्वासलाई निरन्तर गहिरो बनाउँदै लगेको बताउनु भयो ।

उहाँले दुई देशबीच आर्थिक तथा व्यापारिक सहयोग विस्तार हुनुका साथै सांस्कृतिक र जनस्तरको सम्बन्धमा समेत वृद्धि भइरहेको उल्लेख गर्नुभयो ।

उक्त समारोहमा अस्ट्रिया–चीन द्विपक्षीय संसदीय समूहका सदस्यहरूका साथै विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल