४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

कुखुरा फार्मले बदलिदियो सदाको दिनचर्या

कुखुरा फार्मले बदलिदियो सदाको दिनचर्या
अ+ अ-

लहान । कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहनुभएको छ ।

घर नजीकै खाली रहेको जग्गामा उहाँको कुखुरा फार्म छ । कुखुरापालनबाटै राम्रो आम्दानी हुन थालेपछि पैंतीस वर्षीय सदाले अब विदेश जाने सोच नै त्याग्नु भएको छ । काम गर्न पटक पटक मलेसिया र साउदी अरब जानुभएका सदा विदेशमा जस्तैे मिहिनेत स्वदेशमै गर्न सकिए कुखुरा पालेरै पनि मनग्ये कमाउन सकिने बताउनुहुन्छ ।

“विदेशमा धेरै दःुख कष्ट झेलें, कहिले मिहिनेत अनुसारको पैसा नपाउने त कहिले अनावश्यक झमेलाहरु खेप्नुपर्ने,” उहाँले भन्नुभयो – “अब घरमै परिवारसँग बसेर आम्दानी गर्ने सोचका साथ कुखुरा फार्म सञ्चालन गरेको छु ।”

करीब ६० हजार रुपैयाँ खर्चिएर घर नजीकै रहेको आफ्नै पाँच धुर जग्गामा बनाइएको उहाँको कुखुरा फार्ममा अहिले तीन÷तीन किलोका १२० वटा ब्रोइलर कुखुरा छन् ।

थोरै लगानी र छोटो समयमै राम्रो आम्दानी कमाउन सकिने देखेपछि ब्रोइलर कुुखुरापालनमा लाग्नुभएका सदाले भन्नुभयो – “कुखुरा फार्मबाट मासिक करीब रु ५० हजार कमाइ भइरहेको छ । यसले कुखुरा फार्म सञ्चालन गर्न मलाई थप उत्साह मिलेको छ । परिवारका सबै सदस्यसँगै बस्नुको आनन्द त छँदैछ, त्यसमाथि घरमै मनग्ये आम्दानी भइरहेकाले जीवन नै परिवर्तन भएको अनुभूति भइरहेको छ ।”

आफूमा आएको यस्तो परिवर्तनमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रको ठूलो योगदान रहेको रविन बताउनुहुन्छ । द फ्रिडम फण्डको सहयोगमा केन्द्रले हरवाचरवालाई लक्ष्य गरी सञ्चालन गरेको कुखुरापालन तालीममा उहाँ सहभागी हुनुुभएको थियो । उहाँलाई कुखुरा फार्म सञ्चालन गर्न केन्द्रले आर्थिक सहयोगसमेत गरेको छ ।

“कुनै व्यवसाय गर्छु भन्ने सोच त पहिल्यै थियो तर, कसरी गर्ने भन्ने आँट आएको थिएन,” रविनले भन्नुभयो – “श्रीपुर्राजले गाउँमै सञ्चालन गरेको कुखुरापालन तालीममा बसेपछि व्यावसायिक रुपम कुखुरापालन गर्ने हौसला मिलेको हो ।”

करीब रु ७० हजारको पुँजीमा एक वर्ष अघिदेखि व्यावसायिक कुखुरा फार्म सञ्चालन गर्दै आउनुभएका सदाले अहिले पुँजी थपेर रु २ लाख पु¥याउनुभएको छ । श्रीमतीसहित परिवारका अन्य सदस्यहरुबाट गतिलो साथ पाइरहनुभएका सदा भन्नुहुन्छ – “कुखुरा फार्म सञ्चालनमा ल्याएपछि आफ्नो दिनचर्या समेत परिवर्तन भएको महशुस भइरहेको छ ।”

पहिला कुनै काम नपाएर गाउँका साथीभाइसँग जुवातास खेलेर व्यर्थमा समय फालेकामा उहाँलाई पछुतो लाग्छ । त्यसैले समयको सदुपयोग गर्न उहाँ अरुलाई सुझाव दिनुहुन्छ ।

अन्य व्यवसायमा भन्दा ब्रोइलर कुखुराका लागि बजारको अभाव नभएको अनुभव सुनाउँदै सदाले भन्नुभयो – “आफूले कुखुरा फार्म उत्पादन गरेको ब्रोइलर कुखुरा किन्न गाउँका सर्वसाधारणदेखि मासु पसल सञ्चालकसम्म फार्ममै आउने गरेका छन् ।” यसले गर्दा बिक्री गर्न कुखुरा बजार लैजानुपर्ने बाध्यता उहाँलाई छैन ।

अरु व्यवसायभन्दा ब्रोइलर कुखुरा पाल्न उहाँलाई सजिलो लाग्छ । यस व्यवसायमा तत्काल प्रतिफल पाइन्छ । “अहिले कुखुराको चल्ला हालियो भने एक÷डेढ महिनामा एक÷डेढ किलोको भइहाल्छ,” उहाँ भन्नुहुन्छ – “तुरुन्तै खान पनि पाइन्छ र बेच्न पनि सकिन्छ । त्यसैले सन्तुष्ट छ ।”

केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी भन्नुहुन्छ – “रविनले पछ्याएको बाटोलाई अरु युवाले पनि अनुुसरण गरे सामाजिक विकृति हट्नुको साथै पैसा कमाउनकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य हुनसक्छ ।” खासगरी हरवा चरवा तथा विपन्न परिवारका युवालाई लक्ष्य गरी केन्द्रले विभिन्न शीपमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।