५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविन्द्र ढाँट रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं। नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँटले ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन् ।

फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित निकालेका हुन् ।

रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिन्छन् । उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।