६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङद्वारा कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा



अ+ अ-

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्।

राईले आफू नेतृत्वको पार्टीमा समाहित हुन आग्रह गर्दै बुधबार निमन्त्रणा पठाएको र सो जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले राजनीतिक सहकार्य र एकताको आवश्यकता औंल्याउँदै लेखेका छन्, “केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने??? यस्तो नि हुन्छ??? मिल्नुपर्छ भनेर मैले निम्तो पठाएको हुँ हिजो।”

साम्पाङको उक्त अभिव्यक्तिसँगै दुई नेताबीच सम्भावित राजनीतिक एकताको विषय चर्चामा आएको छ।