६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य विभागको छड्के अनुगमन: लेबल, सरसफाइ र तेल गुणस्तरमा देखियो कमजोरी



अ+ अ-

काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुनासोका आधारमा गरेको आकस्मिक बजार अनुगमनका क्रममा दुई खाद्य व्यवसायमा अनुगमन तथा कारबाही गरिएको जनाएको छ।

विभागले र्‍यापिड रेस्पोन्स मोडालिटी अन्तर्गत प्राप्त उजुरीको सम्बोधन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरेको हो।

अनुगमनका क्रममा नागार्जुन–१०, स्युचाटारस्थित शुभ श्री किराना स्टोर मा उजुरीमा उल्लेख गरिएको म्याद नाघेको क्रीम बेल फ्रोजन डेजर्ट भने फेला परेन। तर, म्याद सकिन लागेको एक थान (१०५ मिलिलिटर) क्रीम बेल फ्रोजन डेजर्ट (ब्याच नं. A 737, उत्पादन मिति २१ जुलाई २०२५, उपभोग्य मिति २० जुलाई २०२६) भेटिएको विभागले जनाएको छ।

उक्त पसलमा खाद्य अनुमति पत्र नलिएका तथा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थहरूको खरिद–विक्री नगर्न निर्देशन दिइएको छ। साथै, फ्रोजन डेजर्टको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ।

त्यस्तै, काठमाडौं–१० बानेश्वरस्थित श्री शिव फुड्स प्रा. लि. (शाखा कार्यालय) मा गरिएको अनुगमनमा उजुरीअनुसार भटुरेमा अखाद्य वस्तु भेटिएन। तर सरसफाइको अवस्था सन्तोषजनक नभएको, पेस्ट कन्ट्रोल प्रभावकारी नभएको, र पकाइएका केही खाद्य वस्तु खुल्ला रूपमा राखिएको पाइएको विभागले जनाएको छ।

त्यहाँ प्रयोग गरिएको तेलको टिपीएम परीक्षण गर्दा १२ र २३ देखिएपछि सो तेल नष्ट गरिएको पनि उल्लेख छ।

विभागले भान्साको सरसफाइ सुधार गरी आवश्यक प्रमाण तथा कागजातसहित पेस्ट कन्ट्रोल रिपोर्ट एक हप्ताभित्र पेश गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिएको छ। विभागले बजारमा उपभोक्ता स्वास्थ्य सुरक्षित राख्न यस्ता अनुगमन कार्य निरन्तर जारी रहने जनाएको छ।




भर्खरै