६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मन्त्री मेहताको विश्व स्वास्थ्यसभाको सहभागिता उपलब्धिमूलक’



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्यसभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ ।

यही जेठ ३ गते तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सभामा भाग लिन जानुभएको थियो । मन्त्री मेहताले महासभा नेपालका लागि ऐतिहासिक र उपलब्धिमूलक रहेको बताउनुभएको छ ।

उहाँलाई सभाको उपाध्यक्षका रूपमा निर्वाचित गरिएको थियो । यो नेपालको स्वास्थ्य कूटनीति र अन्तरराष्ट्रिय मञ्चमा नेपालको बढ्दो उपस्थितिका लागि ठूलो सम्मान रहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँले मन्त्रीको यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रको अन्तरराष्ट्रिय सहकार्यमा एक महत्त्वपूर्ण फड्को मानेको बताउनुभयो । मन्त्री मेहताले सभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धतालाई राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर कार्यान्वयनमा लैजाने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय र विकासशील राष्ट्रको जनस्वास्थ्यमा पारेको गम्भीर असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा पहुँच र समानताका विषयमा नेपालको स्पष्ट धारणा राख्नुभएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।