८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा

सरकारले उत्पादनमूलक क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको घोषणा गर्नुपर्दछः विदुषी राणा

सरकारले उत्पादनमूलक क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको घोषणा गर्नुपर्दछः विदुषी राणा
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं व्यवसायी विदुषी राणाले उत्पादनमूलक क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद राणाले मुलुकको उत्पादन क्षेत्र अत्यन्तै कठिन अवस्थामा गुज्रिरहेकाले सरकारले उनीहरुलाईं सहज हुनेगरी आगामी आर्थिक वर्षको बजेट तय गर्नुपर्ने पनि बताउनु भयो । उहाँले सरकरले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि अभियान नै संचालन गर्नुपर्ने बताउनु भयो ।

सरकारले उत्पादन क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र मेसिनहरुको आयातमा कुर छुट दिने, चोरी पैठारी अन्त्य गर्ने, विद्युतमा राहत दिने लगायतका काम गर्नुपर्ने सांसद राणाको भनाई थियो ।

उहाँले भन्नुभयो,‘नेपालमा म्यानेफ्याक्चरिङ सेक्टरआज अत्यन्तै कठिन अवस्थामा छ । उद्योगीहरुले केवल व्यापार मात्रै गरिरहेका छैनन । उनीहरुले लाखौ नेपालीलाई रोजगारी दिईरहेका छन । उत्पादन गरिरहेका छन । कर तिरिरहेका छन । आयात प्रतिस्थापन गरिरहेका  छन । कतिले त निर्यात प्रवद्र्धन पनि गरिरहेका छन । र नेपालको अर्थतन्त्र धानेर बसेका छन् । तर वास्तविकता के हो भने नेपालमा उत्पादन गर्नु अत्यन्तै महंगो छ । उच्च कार्यशील पुँजी, महंगो जग्गा, हाई विद्युत डिमान्ड चार्ज, ढुवानी लागत, कमजोर पूर्वाधार, चोरीपैठारी, स्वदेशी उद्योगलाई पर्याप्त संरक्षण नहुने र जटिल प्रणालीले नेपाली उद्योगहरुलाई प्रतिष्पर्धा गर्न कठिन बनाईरहेको छ । त्यसैले आगामी बजेटले म्यानेफ्याक्चरिङ सेक्टरलाई नेशनल प्रायोरिटी सेक्टर घोषणा गर्नैपर्छ । यसका लागि म केही स्पष्ट सुझावहरु दिन चाहन्छु ।  पहिलो, रअ म्याटिरियल कर सहुलियत दिईयोस । चोरी पैठारी अन्त्य गरियोस । मेड इन नेपाल अभियान सञ्चालन गरियोस् ।’

सांसद राणाले सरकारले नेपाली बस्तुको उत्पादन लागत धेरै महंगो भएकाले पनि नेपाली उत्पादनले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।