२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याब्सनद्वारा नेपाली शिक्षकहरूको क्यानडा शैक्षिक भ्रमण सुरु, शिक्षा प्रणाली अध्ययनमा जोड



अ+ अ-

काठमाडाैँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आयोजनामा नेपाली शिक्षक तथा शैक्षिक नेतृत्वकर्ताहरूको क्यानडा शैक्षिक भ्रमण २३ मे २०२६ देखि सुरु भएको छ। उक्त भ्रमण ३ जुन २०२६ सम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा सहभागीहरूले क्यानडाको शिक्षा प्रणाली, आधुनिक शिक्षण पद्धति तथा विद्यालय व्यवस्थापनसम्बन्धी विविध गतिविधिमा सहभागिता जनाउनेछन्। साथै, उनीहरूले क्यानडाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूको अवलोकन गर्दै कक्षाकोठा सञ्चालन, प्रविधिमैत्री शिक्षण अभ्यास, विद्यार्थी–केन्द्रित सिकाइ तथा नेतृत्व विकासका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्नेछन्।

त्यस्तै, कार्यक्रममा विभिन्न कार्यशाला, अन्तरक्रिया तथा प्यानल छलफलहरू समेत समावेश गरिएको छ, जसमार्फत क्यानडेली शिक्षक तथा शिक्षा विज्ञहरूसँग अनुभव आदान–प्रदान गरिनेछ।

भ्रमणका क्रममा सांस्कृतिक गतिविधि तथा समीक्षा सत्रहरू पनि आयोजना गरिनेछन्, जसले अन्तरसंस्कृतिक समझदारी र अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

आयोजक प्याब्सनका अनुसार उक्त भ्रमणले नेपाली शिक्षकहरूलाई व्यवहारिक ज्ञान, अन्तर्राष्ट्रिय दृष्टिकोण तथा नेतृत्व विकासका महत्वपूर्ण सीप प्रदान गर्दै नेपालको शिक्षण गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।