७ श्रावण २०८३, बिहीबार
,
Latest
देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा ट्रक दुर्घटनाः १५ जनाको मृत्यु, ६ घाइते



अ+ अ-

काठमाडौँ। बंगलादेशको टांगेल जिल्लामा सोमवार बिहान एउटा ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

राजधानी ढाकाबाट करिव ९७ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा रड बोकेको ट्रक अनियन्त्रित भई पुल नजिकैको खाल्डोमा पल्टिएको हो ।

टांगेलका प्रहरी उपरीक्षक मोहम्मद शम्सुल आलम सरकारले सञ्चारकर्मीहरूलाई दिएको जानकारीअनुसार दुर्घटना सोमवार बिहान करिव ४ः३० बजे भएको थियो ।

मृतकहरू सबै आगामी मे २८ मा मनाइने मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल–अधा मनाउनका लागि ट्रक चढेर बंगलादेशको उत्तरी जिल्लातर्फ जाँदै थिए ।

प्रहरी अधिकारीकाअनुसार रड र यात्रु बोकेको सो ट्रकका चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो । घाइतेहरूको अवस्था र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल