२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका निर्वाचित



अ+ अ-

खोटाङ। नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिनुभएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । साथै उपाध्यक्ष महिलामा सीता रानामगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आलेमगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढुटमा हर्क आलेमगर, मगर खाममा जीवन प्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित हुनुभएको छ ।

महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित हुनुभएको छ । सचिवमा विष्णुबहादुर रानामगर, सचिव झविन्द्र पुनमगर र तारामाया थापा मगर निर्वाचित हुनुभएको जनाइएको छ ।

साथै कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर, लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।

साथै सदस्यहरुमा जुनु पुनमगर, गिरमान गाहा मगर, रमेश पुनमगर, इन्द्र सारू मगर, रमेश थापामगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित हुनुभएको छ ।  रासस