६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा आर्थिक वर्ष ०८३/८४ का लागि बर्खे धानको समर्थन मूल्य तोकियो



अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

उनका अनुसार, मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ ।

प्रवक्ता पोखरेलले भने, “आर्थिक वर्ष ०८३/८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको रु ३६६० र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्ने निर्णय भएको छ ।”