३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

‘नेपाल पर्यटन बोर्डद्वारा पाँच वर्षे अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिकः संख्याभन्दा गुणस्तरमा जोड’

‘नेपाल पर्यटन बोर्डद्वारा पाँच वर्षे अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिकः संख्याभन्दा गुणस्तरमा जोड’
अ+ अ-

काठमाडौँ: नेपाल पर्यटन बोर्डले आगामी पाँच वर्षका लागि पर्यटन प्रवद्र्धन कार्ययोजना सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गतको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारिएको ‘अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’ सोमबार सार्वजनिक गरिएको हो । प्रश्तावित रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवा–केन्द्रित विकासमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

पर्यटन प्रवद्र्धनलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन रणनीतिले ६ वटा मुख्य स्तम्भहरू निर्धारण गरेको छ । संस्थागत क्षमताको सुदृढीकरण, ‘नेपाल ब्राण्ड’ को पुनःस्थापना, पर्यटन उत्पादनको विविधिकरण, उद्योग सहकार्य र साझेदारी, डिजिटल एकीकरण तथा गुणस्तर सुनिश्चितता जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको छ । नेपाललाई वर्षैभरि भ्रमण गर्न योग्य देशका रूपमा चिनाउने र पर्यावरणमैत्री पर्यटन प्रवद्र्धनका लागि ‘ग्रीन टिक’ जस्ता प्रमाणीकरण प्रणाली लागू गर्ने योजना समेत रणनीतिमा समावेश छन् । डिजिटल बजारीकरणका क्षेत्रमा यस कार्ययोजनाले विशेषतः चिनियाँ डिजिटल प्लेटफर्महरू जस्तै ‘जियाओहोङसु’, ‘दोयिन’ र ‘विच्याट’ मा नेपालको उपस्थिति बढाउन विशेष जोड दिएको छ ।

साथै, पर्यटन बोर्डका हालका वेबसाइटहरूलाई एकीकृत गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सहयोगमा थप उपभोक्तामैत्री बनाउने लक्ष्य राखिएको छ । योग्यतामा आधारित जनशक्ति नियुक्ति, सातै प्रदेशसँगको समन्वय, हवाई सुरक्षा सुधार गरी नेपाललाई युरोपेली संघको उडान प्रतिबन्धको सूचीबाट हटाउन पहल गर्ने तथा संकटकालीन सञ्चार कक्ष स्थापना जस्ता कार्यहरूलाई उच्च प्राथमिकतामा राखिएको छ । कूल ३८ भन्दा बढी गतिविधिहरू समेटिएको यस पाँच वर्षे रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई थप दिगो, सुरक्षित र आर्थिक रूपमा फलदायी बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि प्रश्तुत रणनीतिक योजना अत्यन्तै सान्दर्भिक र व्यापक रहेको उल्लेख गर्नुभयो । सन् १९९० को दशकदेखि नै नेपालको विकासका लागि पर्यटन र जलविद्युतलाई मुख्य आधार मानिए पनि यस क्षेत्रबाट अपेक्षित लाभ लिन नसकिएको उहाँको भनाइ थियो । उहाँले पर्यटन क्षेत्रमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको औँल्याउँदै सरकारको १६ औँ योजनाको मुख्य लक्ष्य ‘रोजगारी सिर्जना’ लाई सार्थक बनाउन रणनीतिले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन बोर्डको नयाँ रणनीतिमा गुणस्तरीय पर्यटन संगै पर्यटकको संख्या वृद्धि पनि महत्वपूर्ण रहेको बताउनु भयो । १६ औँ योजनाले आगामी तीन वर्षभित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले ‘भ्यालु’ र ‘भोल्युम’ दुवैलाई सँगै लैजानुपर्ने उहाँको सुझाव थियो ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि विदेशस्थित नेपाली दुतावास र कुटनीतिक नियोगहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले स्थानीय सरकारहरूसँगको समन्वयमा पर्यटकीय उत्पादनको विविधीकरण र ब्रान्डिङ गर्नुपर्ने तर्क गर्नुभयो । नेपाल पर्यटन बोर्डले तयार पारेको बजार व्यवस्थापन रणनीतिलाई केवल बोर्डको योजनामा मात्र सिमित नराखी, पर्यटन मन्त्रालय र राष्ट्रिय योजना आयोगमार्फत‘राष्ट्रिय पर्यटन रणनीति’ कै रूपमा विकास गर्न उहाँले सुझाव दिनुभयो । यूएनडीपी र पर्यटन बोर्डबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि पर्यटन विकासका लागि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्वर्णकारले भन्नुभयो, ‘विगत ४० वर्षका विभिन्न आवधिक योजनाहरूमा पर्यटनलाई प्राथमिकतामा राखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान, पर्यटकको संख्या र खर्च गर्ने क्षमतामा हामीले अझै ठूलो फड्को मार्न बाँकी छ । जीटुजी (सरकार–सरकार) र बीटुबी (व्यवसायी–व्यवसायी) बीचको साझेदारी बढाउन कुटनीतिक नियोगहरूको भूमिकालाई रणनीतिक रुपमा अघि बढाउनुपर्छ । त्यसैगरी पर्यटन प्रवद्र्धनका लागि स्थानीयसरकारहरुलाई पनि सक्रिय बनाउन आवश्यक छ । ’ 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) हिक्मत सिंह ऐरले पर्यटन प्रवद्र्धनको जिम्मेवारी बोर्डको काँधमा मात्र रहेकाले यसलाई राष्ट्रिय गौरवको विषय बनाइनुपर्नेमा जोड दिनुभयो ।
बोर्डले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत पर्यटन रणनीतिको प्रमाणीकरण गरी स्थानीय स्तरमै अपनत्व महशुस गराउने योजना बनाएको उहाँले बताउनुभयो । उहाँले बोर्डको सम्पूर्ण टोली र निजी क्षेत्र नयाँ रणनीति कार्यान्वयनका लागि पूर्ण उत्साहका साथ तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शुरुवाती दिनमा पर्यटन गतिविधिहरू काठमाडौँ, पोखरा र चितवनमा मात्र केन्द्रित थिए । तर अहिले पर्यटनको दायरा पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो विस्तारसँगै नयाँ चुनौती र अपेक्षाहरू पनि थपिएका छन् ।  पछिल्लो समय निजी क्षेत्रबाट पर्यटन पूर्वाधार, विशेषगरी होटलमा ठूलो लगानी भएको छ । मेचीदेखि पश्चिमको धनगढी र महेन्द्रनगरसम्म होटल क्षेत्रमा ठूलो लगानी भएको छ । उनीहरूको हित र प्रतिफलका लागि हाम्रो रणनीतिले ‘माइस’ पर्यटन र क्षेत्रीय बजारलाई विशेष प्राथमिकता दिनुपर्छ । अबको बजारीकरणमा डिजिटलाइजेशन र सामाजिक सञ्जालको भुमिका मुख्य हुनेछ । हामीले हाम्रा सबै गतिविधिलाई डिजिटल माध्यममा लैजाने गृहकार्य गरिरहेका छौँ ।’

पछिल्ला वर्षहरूमा पर्यटक आगमनको संख्यामा सुधार देखिए पनि उनीहरूको औसत दैनिक खर्च घट्दो क्रममा पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१९ मा पर्यटकको औसत दैनिक खर्च ४८ अमेरिकी डलर रहेकोमा सन् २०२४ मा घटेर ४०.८ डलर कायम भएको छ । यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाइ अवधि लम्ब्याउने, सेवाको गुणस्तर सुधार्ने तथा स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने रणनीति अख्तियार गरिने दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले जानकारी दिनुभयो । उहाँले सबै सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर रणनीतिलाई अन्तिम रुप दिईने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्राप्त सुझावहरूलाई समावेश गरेर रणनीतिलाई अन्तिम टुंगो लगाईनेछ । उक्त दस्तावेजलाई पर्यटन बोर्डको उच्च व्यवस्थापन टोली र कार्यकारी समितिमा पुनः परिमार्जन गरी सरकार एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका प्रमुख सरोकारवालाहरूसँग समन्वय गरिनेछ ।’

कार्यक्रममा नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई राष्ट्रिय रणनीतिका रूपमा अघि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए । बोर्डको कार्यकारी समितिबाट स्वीकृत भएपछि रणनीतिले नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि स्पष्ट मार्गचित्र तय गर्ने विश्वास लिइएको छ ।

तथ्याङ्कअनुसार सन् २०१९ मा कुल पर्यटन खर्चको ६१.७ प्रतिशत हिस्सा ओगटेको आन्तरिक पर्यटनको योगदान सन् २०२४ मा ७०.१ प्रतिशत पुगेको छ । बढ्दो मध्यम वर्ग, यातायातको सहजता र नयाँ गन्तव्यहरूको खोजीका कारण आन्तरिक पर्यटन अर्थतन्त्रको बलियो जग बनेको निष्कर्ष प्रतिवेदनले निकालेको छ । –न्युज एजेन्सी नेपाल