४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशन तयारीलाई तीव्रता दिने कांग्रेसकाे निर्णय

क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशन तयारीलाई तीव्रता दिने कांग्रेसकाे निर्णय
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। आज बसेकाे बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज, व्यवस्थित र द्रुत गतिमा अघि बढाउन संगठनका सबै संरचनाहरूको अधिकतम उपयोग गर्दै अनुगमन गर्नुपर्ने निर्णय गरेको छ।

यसका लागि समितिको तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकिएको छ। सोअनुसार कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह, सुदूरपश्चिममा उदय शमशेर राणा तथा मधेश प्रदेशमा देवराज चालिसेलाई जिम्मेवारी प्रदान गरिएको छ।

त्यसैगरी, १५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा यसअघि विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य २०८३ साल जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरिएको छ।

१४ औं महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५ औं महाधिवेशनका लागि आधिकारिकता प्रदान गरेका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यतासम्बन्धी समस्या समाधान गर्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिको तर्फबाट विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाउने निर्णय गरिएको छ। जसअनुसार बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा तथा काठमाडौं जिल्लामा प्रतिनिधिहरू खटाइनेछ।

बैठकले नेपाली कांग्रेस जनसम्पर्क समितिका सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ। अधिवेशन सम्पन्न भइसकेका सात देशका जनसम्पर्क समितिको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाउन अनुमति दिने, समस्या नदेखिएका १५ देशका समितिहरूलाई सदस्यता अद्यावधिक गरी अधिवेशन सम्पन्न गर्ने समयतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिने तथा १४ औं महाधिवेशनपछि केन्द्रीय कार्यालयसँग कम सम्पर्कमा रहेका सात देशका समितिमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका लागि परिपत्र गर्ने निर्णय गरिएको छ। साथै, सदस्यता सम्बन्धी समस्या रहेका आठ देशका समितिहरूको हकमा अध्ययन गरी आवश्यक समन्वयमार्फत समाधान खोजिने भएको छ।

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।