५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्रधानमन्त्रीको ‘फास्ट ट्रयाक’: सल्लाहकार र सचिवालय सदस्यहरुसहित १३ जनाद्वारा सामूहिक रूपमा राजीनामा हुने

प्रधानमन्त्रीको ‘फास्ट ट्रयाक’: सल्लाहकार र सचिवालय सदस्यहरुसहित १३ जनाद्वारा सामूहिक रूपमा राजीनामा हुने
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्रयाक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् । शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्हरूलाई प्रधानमन्त्तीको सन्देश सुनाएका थिए ।

यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले कामलाई गति दिन चाहनुभएको छ, त्यसका लागि सल्लाहकार समूह र स्वकीय सचिवालय समूहको पनि पुनर्संरचना गर्नुपर्ने हुन सक्छ, कसैलाई बस्नुस्, कसैलाई जानुस् भन्न पनि उहाँलाई अप्ठ्यारो होला, त्यसैले हामी सबैले १ मंसिरबाट लागू हुने गरी सबैले सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको योजनामा सहयोग गरौँ,’ रिमालको नेतृत्वमा सम्पन्न संयुक्त बैठकपछिको निष्कर्ष सुनाउँदै सचिवालयका एक सदस्यले भने ।

तिहारलगत्तै स्वास्थ्य स्थिति प्रतिकूल बनेपछि प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि फास्टट्र्याकबाट काम अघि बढाउने संकेत गर्दै पहिलो चरणमा केही सल्लाहकार र सचिवालय सदस्यहरू हेरफेर गर्न खोजेका हुन् । सल्लाहकार र सचिवालयमा हेरफेरपछि दोस्रो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको
तयारी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले राजीनामा दिन प्रधानमन्त्रीबाट निर्देशन आएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाई यस विषयमा कुनै जानकारी छैन,’ अर्यालले भने, ‘मसँग यो प्रश्नको अहिले कुनै जवाफ छैन ।’

सचिवालयका १३ जनाले दिँदै छन् राजीनामा:डा. घनश्याम भट्टराई–विकास मामिलाविज्ञ, इन्द्र भण्डारी– प्रमुख स्वकीयसचिव, राजेश बज्राचार्य–स्वकीयसचिव, चेतन अधिकारी– प्रेस संयोजक, रामशरण बजगाईं–सूचना सम्प्रेषक र स्वकीय सचिवालय समूहका दीपेन्द्र दाहाल, कृष्ण पौडेल र होम थापा

जनचाहना सम्बोधन गर्न खोज्नुभएको छ: महेश बस्नेत, केन्द्रीय सदस्य, नेकपा:आफ्नै सल्लाहकार समूह र सचिवाल नै पुनर्गठनको तयारी गरेर प्रधानमन्त्रीज्यूले नयाँ ऊर्जा प्रदान गर्ने, जनताको चाहना सम्बोधन गर्ने गरी कदम चाल्ने संकेत देखाउनुभएको छ, यो सकारात्मक छ ।

ओली समूहभित्र एक वर्षदेखि असन्तुष्टि: जनस्तरबाट भइरहेको आलोचनाबारे प्रधानमन्त्रीलाई अवगत नगराउने, समूहकै निकटस्थ नेताहरूलाई भेटघाटका लागि अवसर नदिने गरेको भन्दै सल्लाहकार समूहका सदस्यहरूको भूमिकाप्रति प्रधानमन्त्रीनिकट ठूलो समूह असन्तुष्ट थियो । विशेषगरी, खगराज अधिकारी, आनन्दप्रसाद पोखरेल, महेश बस्नेत, महेन्द्रबहादुर पाण्डे, कर्णबहादुर थापा, सुमन प्याकुरेल, निरुदेवी पाललगायत असन्तुष्ट थिए ।

‘प्रधानमन्त्रीज्यूले मास्क लगाएर हिँड्नुपर्ने दिन अब गयो भनेर गरेको सम्बोधनको जनस्तरमा व्यापक आलोचना भएको थियो, तर त्यस्ता कुरा पनि उहाँलाई जानकारी गराएन, धेरै फिल्डको सूचनाबाट उहाँ वञ्चित हुनुभयो, एकप्रकारले खोपीकै देवताजस्तो पनि बनाइएको थियो, शुभचिन्तकहरूलाई सल्लाहकारहरूले पूरै आउट गरेर घेराबन्दी गरेर राखिएको थियो,’ असन्तुष्टमध्येकै एक नेताले भने, ‘हामीले एक वर्षदेखि नै सल्लाहकार समूहको कार्यशैली ठीक नभएको बारेमा प्रधानमन्त्रीज्यूलाई अवगत गराउँदै आएका थियौँ, जे कदम उहाँले चाल्न खोज्दै हुनुहुन्छ, त्यो ढिलै भए पनि राम्रो देखिएको छ ।’

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डसँग छलफल: प्रधानमन्त्री ओलीले सचिवालय हेरफेर, मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दसैँअघि छलफल गरेका थिए । सबै मन्त्री हेरफेर गर्ने कि कार्यसम्पादनमा कमजोर देखिएकाहरू मात्र फेर्ने विषयमा छलफल केन्द्रित थियो । आधा दर्जनजति मन्त्री हेरफेर गर्न दुवै लभगभ सहमत भएका थिए ।

अब उपचुनाव सकिएलगत्तै मन्त्रिमण्डलसमेत पुनर्गठन गर्ने तयारी भइरहेको उच्च स्रोतले जनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसँग भने ओलीले यसबारे कुराकानी गरेका छैनन् । यद्यपि, नेता सुरेन्द्र पाण्डे र सोमप्रसाद पाण्डेमार्फत जानकारी गराएको उनीनिकट एक नेताले बताए । नयाँ पत्रिका दैनिकबाट