२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन



अ+ अ-

बेलग्रेड। सर्बियाको राजधानी बेलग्रेडमा सन् २०२४ को ट्रेन स्टेशन दुर्घटनाको कारण सुरु भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै शनिबार विशाल प्रदर्शन भएको छ।

विरोध आन्दोलनमा एक लाख ८० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विपक्षीहरूले लामो समयदेखि उत्तरी शहर नोभी सादमा सन् २०२४ नोभेम्बरमा ट्रेन स्टेशनको छाना भत्किएको बिषयलाई लिएर उक्त आयोजना निर्माणमा भएको भ्रष्टाचारको छानबिनको माग गर्दै आएका छन् । विपक्षीको आन्दोलनका क्रममा अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूको संख्या गणना गर्न विशेषज्ञ पत्रकार र बुद्धिजीवीहरू सम्मिलित एक स्वतन्त्र समूह अर्हव जाभ्निह स्कुपोभा (एजेएस) ले प्रदर्शनलाई सर्बियामा विशाल प्रदर्शन भएको बताएको छ।

सन् २००० मा राष्ट्रपति स्लोबोदान मिलोसेभिचको पतनपछि सर्बियामा भएको यो दोस्रो ठूलो विरोध प्रदर्शन हो ।

विद्यार्थी नेतृत्वको आन्दोलनले गरेको यसअघिको प्रदर्शनमा दुई लाख ७५ देखि तीन लाख २५ हजार मानिसहरूलाई सडकमा ल्याएको थियो।

सर्बियाका राष्ट्रिय प्रहरी प्रमुख ड्रागन भासिलजेभिकले भने र्यालीमा करिब ३४ हजार ३०० जनाको उपस्थिति रहेको दावी गर्नुभयो ।

शनिबारको र्याली सकिएपछि प्रहरी र मास्क लगाएका प्रदर्शनकारीबीच हिंसा भएको भन्दै दर्जनौँ व्यक्ति पक्राउ परेका छन् ।  (रासस/एएफपी)