७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्भावित सम्झौताबारे इरान र अमेरिकाको फरक फरक व्याख्या



अ+ अ-

तेहरान। संयुक्त राज्य अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक देखिएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने सम्झौता भएको घोषणा गर्नुभएको छ।

ट्रम्पको घोषणा अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङ्गटनसँग ‘मेलमिलापको श्रङ्खला’ को सम्भावना रहेको तर यसको मतलब इरान र संयुक्त राज्य अमेरिकासँग महत्त्वपूर्ण मुद्दाहरूमा एक सम्झौतामा पुग्ने निश्चित भएको भन्ने अझै होइन ।

उहाँले सरकारी टेलिभिजनमा ३० देखि ६० दिनभित्र अन्तिम सम्झौता हुनुअघि इरानको ‘सबैभन्दा पहिले समझदारी पत्र, एक प्रकारकोे मस्यौदा तयार पार्ने मनसाय रहेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिहरूले शनिबार कुराकानी गरेका थिए।

गत अप्रिलमा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ‘चाँडै नै अर्को चरणको वार्ता’ आयोजना गर्ने आशा गरेको बताउनुभएको छ। (रासस/एएफपी)