२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ



अ+ अ-

महोत्तरी।  महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ ।

विसं २०७८ मा लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ ।

महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधिश तीर्थराज केसीको इजलासले सो मुद्दामा १० जनालाई सफाइ दिने आदेश दिनुभएको हो ।

व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा आरोपीहरुमध्ये कामेश्वर पाण्डे, अञ्जुकुमारी चौधरी, मोहमद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतोलाई अदालतले सफाइ दिएको हो ।

आरोपीहरु उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तवी गरिएको श्रेस्तेदार पोखरेलले जानकारी दिनुभयो । मृतक सुजिताका देवर रुपेश ठाकुरलाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय, हकवालालाई क्षतिपूर्तिवापत रु ५० हजार भराइ दिने  तथा पीडित राहत कोषमा रु दुई हजार ८०० दाखिला गर्ने आदेश दिइएको छ ।

विसं २०७८ जेठ २० गते राति लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँका मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुरलाई देवर रुपेश ठाकुरसहितका व्यक्ति मिलेर हत्या गरेर सुरुमा घरकै फ्रिजमा, त्यसपछि गाउँकै मनरहिया वनमा खाल्डो खनेर गाडेको र त्यसपछि त्यहाँबाट विभिन्न व्यक्तिको सहयोगमा शव निकालेर  पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीमा राखेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । रासस