७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको बघलानमा भीषण बाढीः महिला र बालबालिकासहित १० जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा आएको आकस्मिक बाढीका कारण महिला र बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यम टोलो न्युजका अनुसार बाढीले बघलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पु¥याएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हमदर्दका अनुसार बाढीले १०० भन्दा बढी आवासीय घरहरू ध्वस्त बनाएको छ भने हजारौँ एकड कृषि भूमि जलमग्न भएको छ ।

यस प्राकृतिक विपत्तिले प्रान्तको पहिले नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पु¥याएको अधिकारीहरूले बताएका छन् ।

यसैगरी, अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बुधबार राति आएको विनाशकारी हावाहुरीका कारण अन्य तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

पछिल्ला केही दिनदेखि अफगानिस्तानका विभिन्न भू–भागमा भारी वर्षा, हावाहुरी र चट्याङसहितको प्रतिकूल मौसम कायम छ ।

देशको मौसम विज्ञान विभागले आगामी दिनहरूमा पनि वर्षा जारी रहने पूर्वानुमान गर्दै जोखिमयुक्त क्षेत्रहरूमा थप बाढी आउन सक्ने भन्दै उच्च शतर्कता अपनाउन चेतावनी दिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल