७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजाति संरक्षणका लागि कम्बोडियाले स्रेपोक नदीमा छाड्यो १० वटा दुर्लभ ‘सयामी’ गोही



अ+ अ-

काठमाडौँ। विश्वकै दुर्लभ मानिने ‘सयामी’ प्रजातिका गोहीको संख्या वृद्धि र संरक्षण गर्ने उद्देश्यले कम्बोडिया सरकारले १० वटा शुद्ध नश्लका गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको छ ।

देशको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित स्रेपोक वन्यजन्तु आरक्षभित्र पर्ने स्रेपोक नदीमा ती गोहीहरूलाई छाडिएको हो । सयामी प्रजातिका गोहीहरू प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको ‘रातो सूची’ मा अति संकटापन्न प्रजातिका रूपमा सूचीकृत छन् ।

कम्बोडियाका वातावरण मन्त्री इआङ सोफालेथले यस कार्यलाई देशको विशिष्ट जैविक विविधता जोगाउने र लोपोन्मुख वन्यजन्तुको संख्या पुनरुत्थान गर्ने सरकारको निरन्तर प्रतिबद्धताको उपज भएको बताउनु भयो ।

वातावरण मन्त्रालयका प्रवक्ता एवं राज्य सचिव ख्वय अतित्यले आदिवासी जनजाति र स्थानीय समुदाय लगायत विभिन्न सरोकारवालाहरूसँगको परामर्श र सहमतिपछि गोहीहरूलाई नदीमा छोडिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार नदीमा छाडिएका १० वटा गोहीमध्ये ९ वटा पोथी र एउटा भाले रहेका छन् । यी गोहीहरूलाई अण्डाबाट कोरलेर हुर्काइएपछि मात्र प्राकृतिक वातावरणमा छाडिएको हो ।

प्रवक्ता अतित्यले यसलाई एक ‘ऐतिहासिक कोशेढुङ्गा’ संज्ञा दिँदै यी गोहीहरूले प्राकृतिक रूपमै प्रजनन गरी आफ्नो संख्या बढाउने विश्वास व्यक्त गर्नुभयो ।

तथ्याङ्कअनुसार हाल विश्वभर सयामी प्रजातिका गोहीहरूको संख्या १ हजार भन्दा कम रहेको अनुमान छ, जसमध्ये ३०० भन्दा बढी कम्बोडियामा मात्र रहेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल