२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको कोइला खानीमा विष्फोटः ८२ जनाको मृत्यु, ९ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौँ। उत्तरी चीनको सान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको ग्यास विष्फोटमा परी ८२ जनाको मृत्यु भएको छ ।

सान्सी प्रान्तको क्यिनुआन काउन्टीस्थित लिउसेन्यु कोइला खानीमा शुक्रवार उक्त दुर्घटना भएको हो । विष्फोटमा परी मृत्यु हुनेको संख्या ८२ पुगेको पुष्टि भएको छ भने अन्य ९ जना कामदार अझै खानीभित्र फसिरहेका छन् ।

अहिले उद्धार कार्य जारी रहेको छ । खानीभित्र फसेकाहरूको खोजी र उद्धारका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरू परिचालन गरिएको छ ।

विष्फोटको विस्तृत विवरण र क्षतिको पूर्ण विवरण संकलन गर्ने क्रम जारी रहेको जनाइएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल