३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

मूलपानी स्वास्थ्य शिविरबाट ७२० जना लाभान्वित, २७ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने

मूलपानी स्वास्थ्य शिविरबाट ७२० जना लाभान्वित, २७ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने
अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा–६, मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। तिलगंगा आँखा प्रतिष्ठान, समाज डेन्टल अस्पताल, नेसनल ओपन स्काउट क्र्यू मूलपानी तथा बाल गीताञ्जली स्काउट ट्रुपको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो।

शिविरमार्फत सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा आँखा सम्बन्धी ४८१ जना र दन्त उपचारतर्फ २३९ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। यसरी कुल ७२० जनाले शिविरबाट प्रत्यक्ष लाभ लिएका छन्।

त्यसैगरी, शिविरमा जाँचका क्रममा मोतियाविन्दु समस्या देखिएका २७ जनाको निःशुल्क उपचारको व्यवस्था गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा ती बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ।

यस्तै, दृष्टि समस्यामा रहेका ११३ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ। शिविरमा सहभागी बिरामीलाई दाँतसम्बन्धी विशेष उपचार सेवामा समाज डेन्टल अस्पतालले २० प्रतिशतसम्म छुटको सुविधा समेत उपलब्ध गराउने जनाएको छ।

आयोजकले स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी यस्ता कार्यक्रमले नागरिकलाई प्रत्यक्ष राहत र स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ।