६ श्रावण २०८३, बुधबार
,
Latest
रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत देश राजस्थान प्रदेश मागेवास ग्राम पञ्चायत जयपुर जिल्ला बरुणपथ थानाधर ठेगाना भएका २४ वर्षीय छोटुलाल जांगिड तथा भारत राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपञ्चाय जयपुर जिल्ला घर भएका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ललितपुर महानगपालिका–१४ खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका उनीहरू दुवै जनामाथि मानव बेचबिखन ओसारपसारअन्तर्गतमा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता काफ्लेले बताउनुभयो । रासस