२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिता: हिमालयन, पल्सर सिइसी र डिएभीले जिते खेल



अ+ अ-

काठमाडौँ। कीर्तिपुरमा सम्पन्न १३ वर्षमुनिको प्रथम एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताअन्तर्गत आजका खेलमा हिमालयन क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर  र काठमाडौँ क्रिकेट एकेडेमीले जितेका छन् ।

आइरिस इभेन्ट प्रालिको आयोजनामा विश्वविद्यालयको लेबोरेटरी मावि चौरमा सम्पन्न उक्त प्रतियोगिताअन्तर्गत आजको  पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले बूढानीलकण्ठ क्रिकेट एक्सिलेन्स सेन्टरलाई नौ विकेटले हरायो । विजयमा इशान अलीको तीन विकेटको महत्वपूर्ण योगदान रह्यो ।

दोस्रो खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले  क्रिकेट एक्सिलेन्स भक्तपुरलाई १२३ रनले हरायो । सेन्टरको जितमा समर यादवको ११७ र मिङ्मार सोनाम शेर्पाको ५५ रन मुख्य योगदान रह्यो ।

यसैगरी, तेस्रो खेलमा काठमाडौँ क्रिकेट एकेडेमीले एन्जल्स क्रिकेट एकेडेमीलालाई नौ विकेटले हरायो ।

काठमाडौं उपत्यकाका विभिन्न क्रिकेट एकेडेमी र विद्यालय गरी १६ टोली रहेको यो प्रतियोगिता १० दिन चल्नेछ । प्रतियोगितामा जित्ने टोलीले रु एक लाख, उपविजेताले ५० हजार पाउनेछन् ।

आयोजक हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाहीका अनुसार कलिला बालबालिकाबीच क्रिकेट संस्कृति स्थापित गराउन र प्रतिभा प्रस्फुटन गराउन यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।

आइरिस इभेन्ट अध्यक्षका जीवन चन्दले सुवर्ण शमशेरको नाममा आयोजित यस  प्रतियोगितामा उत्साहजनक सहभागिता भए पनि स्रोतसाधनको  समस्या ब्यहोर्नु परिरहेको  बताउनुभयो ।  रासस