२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि



अ+ अ-

मक्का। अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा जारी तनावबचि यो बर्ष हज यात्रामा आउने इस्लाम धर्मावलम्बीहरूको सङ्ख्या गत बर्षको तुलनामा बढी देखिएको छ।

साउदी अधिकारीका अनुसार आगामी हजका लागि साउदी अरब बाहिरबाट १५ लाखभन्दा बढी तीर्थयात्रीहरू यहाँ आइपुगेका छन्।

फेब्रुअरीको अन्त्यमा इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्वपछि तेहरानले साउदी अरब र खाडी क्षेत्रका लक्ष्यहरूमा आक्रमणको आदेश दिएको थियो । आक्रमणका कारण व्यापक हवाई यातायात अवरोधलाई निम्त्याएको थियो र यात्रा लागत बढेको थियो।

संयुक्त अरब इमिरेट्स (युएई), कतार र बहराइनका प्रमुख खाडी विमानस्थलहरूले हप्तौँको हवाई क्षेत्र बन्द र उडान रद्द भएपछि उनीहरूको परिचालन क्षमतालाई द्रुत रूपमा पुनस्र्थापना गर्न काम गरेका छन्।

जटिलताका बाबजुद यस वर्षको हजमा सहभागी हुन साउदी अरबमा तीर्थयात्रीहरूको ओइरो लाग्ने क्रम जारी छ।

साउदी अरबको हज पासपोर्ट बलका कमान्डर सालेह अल–मुरब्बाले शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “विदेशबाट आउने तीर्थयात्रीको सङ्ख्या एक लाख १८ हजार १५३ पुगेको छ ।

सोमबार हज सुरु हुने औपचारिक अनुष्ठानअघि विदेशबाट तीर्थयात्रीहरू आउने क्रम जारी रहेकाले आगामी दुई दिनमा यो तथ्यांक अझ बढ्ने अपेक्षा गरिएको छ।

गत वर्ष हजमा आउने तीर्थयात्रीहरूको कुल सङ्ख्या १६ लाख ७३ हजार ३२० पुगेको थियो, जसमा साउदी अरब बाहिरबाट १५ लाख छ हजार ५७६ यात्रु रहेका थिए।

सबै मुस्लिमहरूले इस्लामका पाँच खम्बाहरू मध्ये एक हजको यात्रा कम्तीमा एक पटक साधनाका साथ गर्नुपर्ने धार्मिक विश्वासका कारण बर्षेनी हज यात्रा गर्ने इस्लाम धर्मावलम्बीहरूको सङ्ख्यामा वृद्धि हुने गरेको पाइन्छ ।  (रासस/एएफपी)