२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरियो



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् ।

आज बिहान आएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको हो । पहिराले स्थानीय दलबहादुरका २५० भेडामध्ये २१८ भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् । बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उहाँको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन् ।

घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्दछ ।

घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी उघार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन् । रासस