७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा



अ+ अ-

काठमाडौँ। विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हबल्दारमा बढुवा गरिने भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उक्त घोषणा गरेसँगै आवश्यक प्रक्रिया थालिएको पनि उहाँले बताउनुभयो ।

साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हार्दिक बधाई दिनाका साथै उनीहरुले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले उच्च मनोबल र हौसलाका साथ विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको चर्चा गर्नहुँदै उनीहरुले गरेको हिमाल आरोहणले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको बताउनुभयो ।

सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र सङ्गठनको झण्डा सर्वाेच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाललगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुन् । उनीहरुलाई एपिएफ सम्मानबाट सम्मानित गरिने भएको छ । रासस




भर्खरै