२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ
अ अ+ अ-

नेपालगञ्ज। सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ५.५ (साढे पाँच) किलोग्राम अफिमजस्तो देखिने पदार्थ र पाँच ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो । बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ३० नं गण बागेश्वरीकोे विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दको भनाइ छ ।

सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको थियो । सो लागूऔषधसहित पक्राउ परेका एक जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने छ ।

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल  ३०  नं गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ ।

पछिल्ला दिनमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिले सङ्गठनको प्रतिबद्धता र कार्यकुशलता पुष्टि गरेको उहाँको विश्वास छ । बरामद गरिएको अफिम र चरेस सहितको व्यक्तिको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ । रासस